छविलाला पाण्डे, बुर्तिवाङ २०७४ पुस ७ । उत्तर गंगा मावि बुर्तिबाङमा शुक्रबार ढोरपाटन नगरपालिका प्रमुख सहित जनप्रतिनिधी, पत्रकार, प्रशासन र प्रहरीको टोलीव्दारा छड्के अनुगमन गरिएको छ ।
यस बिद्यालयमा प्रधनाध्यापक नियुक्तीमा लामो समय देखीको राजनैतिक खिचातानीले विद्यार्थीको पठन पाठन चौपट बन्दै आएको छ । हालै मात्र सेवा निबृत्त भएका प्रधानाध्यापक धनबहादुर कुवँरलाई प्रधानाध्यापक पदमा नियुक्त नगर्ने तत्कालीन विद्यालय व्यवस्थापन समितिले विवादास्पद निर्णय गरेपछि प्रअ कुँवर न्यायको लागि सर्वोच्च पुगेका थिए । सर्वोच्चको फैसला पछी प्रअ पदमा बहाली भएका कुँवर उमेरका हदले सेवा निवृत्त भएपछी पुन: को प्रअ हुने बिबाद बल्झिएको छ । र पठन पाठन लगायतका कार्यहरु प्रभावित भएका छन् ।
बिद्यालयमा लामो समयदेखिको प्रअ बिबादले गर्दा शैक्षिक र भौतिक क्षेत्रको गुणस्तर बृद्धि हुन नसकिरहेको तथा बिद्यालयको समेत बाहिर नरारात्मक सन्देश छाईरहेको अबस्थामा नगरपालीकाका प्रमुख देबकुमार नेपालीको सक्रियतामा वडा नं १ का अध्यक्ष चित्र भण्डारी, ३ का अध्यक्ष हेमेन्द्र घर्ति, ईलाका प्रशासन प्रमुख जनक थापा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना, सञ्चारकर्मी छबिलाल पाण्डे , राम सुबेदी, झरना कंडेल लगाएतको टोलीव्दारा बिहान सवा १० बजे बिद्यालयको अनुगमन गर्दे शिक्षक हाजिरी ,प्रत्यक कक्षाकोठाको अनुगमन संगै बिधालयको भौतिक अबस्थाको बिषयमा जानकारी लिईएको छ ।
सो अवसरमा बिद्यालयको भवन पुर्ण जोखिम अबस्थामा रहेका कारण प्रावि तहको भवन भत्किने अबस्थामा र आधारभुत तह र मावि तहको भवन बर्षातको समयमा पानी चुहिएर बस्न नमिल्ने अबस्थामा रहेको शिक्षकहरुले गुनासो गरेका थिए ।
कक्षा ९ मा २ सय ५ जना र कक्षा १० मा १ सय ३८ बिद्यार्थी संख्या भएका कारण कक्षाकोठाको पुर्ण अभाब भईरहेको कक्षा शिक्षकहरुको भनाई थियो । कक्षा ९ मा एक सय बढि बिद्यार्थी भर्नाका लागि आएपनी आबस्यक कक्षा कोठा नभएका कारण भर्नाहुनबाट रोकिएको र ती बिधार्थि अन्यबिधालयमा अध्ययनका लागि गएको बताईएको छ । हाल कक्षा ९ मा दुई सेक्सनमा पढाई हुदै आएको छ ।
जसमा सेक्सन ए तर्फ १ सय ७ र बि सेक्सनमा ९८ जना छन् । कक्षा १० मा सेक्सन ए तर्फ ७० र बि तर्फ ६८ जनाले अध्यन गर्द आएका छन् । बेञ्चमा बस्न अपुग छ । एकै बेञ्चमा पांच जना सम्म बिद्यार्थी बसेर अध्यन गर्ने गरेका छन् । आधारभुत तहमा सेक्सन नछुट्याई अध्यापन गराईदै आएको छ । कक्षा ८ मा ९९ जना बिद्यार्थी छन् ।
त्यस्तै प्रावि तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून छ । नर्सरी देखि कक्षा पांचसम्म १० देखि ३० को संख्यामा अधिकांस कक्षामा बिधार्थिले अध्ययन गर्दे आएका कक्षा शिक्षकहरुको भनाई छ । त्यस्तै सोहि बिद्यालयमा भौतिक क्षेत्रतर्फ शौचालय, लगाएतका पुर्वाधार नरहेको र बिधालयलाई ब्यबस्थापन गनुपर्ने तड्कारो आबस्यकता देखिएको अनुगमन पछि नगरपालीका प्रमुख देबकुमार नेपालीले ईबागलुङ लाई बताए ।
त्यस्तै आजनै शिक्षक शिक्षिका बिच ढोरपाटन नगरपालिका कार्यालयमा संयुतm बैठक बसेर बिद्यालयको समग्र अबस्था लगाएतका बिषयमा छलफल गरिएको थियो ।
उमेर हदका कारण धनबहादुर कुवरले प्रधानाध्यापकको पद छोडेपछिको अबस्थामा पुन प्रअ बिबाद देखिएको भन्दै तत्काल उतm समस्यालाई सुल्झाउने अभियानमा जुट्न आग्रह गरिएको नगरप्रमुख नेपालीले बताए ।