गुमानसिह भण्डारी, गल्कोट २०७४ पुस ११ । बिष्णु प्राथमिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ९ को रजत जयन्ति कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले आर्थिक संकलन अभियानबाट संकलित रकमलाई सहि ठाउमा प्रयोग गर्न आग्रह गरेका छन् ।
जिशिअ पौडेलले स्वदेश र बिदेशमा गरि संकलित रकमले बिद्यालयको भौतिक र शैक्षिक पक्षलाई सुधार गनुपर्नेमा जोड दिएका थिए । बदलिदो शैक्षिक अवस्था सँगै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउनका लागी बिद्यालयले स्थानियले संकलन गरेको रकम सहि ठाउमा प्रयोग गनुपर्नेमा उनको जोड थियो।
बिद्यालयमा हालसम्म १ लाख बढि चन्दा प्रदान गर्नेको संख्यामा बृद्धि भएको बिद्यालयका प्रध्यानाध्यापक प्रेमसागर सापकोटाले बताए । जसअसअन्तर्गत स्थानिय बालकृष्ण सापकोटाले २ लाख ५१ हजार ५ सय ५६ रुपिया प्रदान गरेका छन । बिद्यालयको रजत जयन्तिको अवसरमा सापकोटाले आफना बुबा शेषकान्त सापकोटाको नाममा सबैभन्दा बढि सहयोग प्रदान गरेका हुन ।
यसैवीच रजत जयन्ति सफल पार्नका लागी बिद्यालयका प्रध्यानाध्यापक प्रेमसागर सापकोटाले १ लाख ७० हजार, कलाधर सापकोटाले १ लाख ११ हजार, कुल बहादुर खत्रीले १ लाख ६ हजार, कलाधर रोकाले १ लाख ५ हजार, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद सापकोटाले १ लाख ५ हजार, टिकाराम सापकोटाले १ लाख ५ हजार, टिका बहादुर खत्रीले १ लाख ५ हजार, बलिबदू्र सापकोटाले १ लाख ५ हजार, दुलर्भ सापकोटाले १ लाख ५ हजार, हरिलाल सापकोटाले १ लाख ५ हजार, भागवत सापकोटाले १ लाख ५ हजार र यमलाल सापकोटाले १ लाख ५ हजार सहयोग प्रदान गरेका हुन ।
बिद्यालयले संकलन गरेको आथिक अभियानमा स्वदेश र बिदेशबाट गरि हालसम्म ४३ लाख ५४ हजार २ सय ७२ रुपिया संकलन भएको पत्रकार मित्र खरेलले जानकारी दिए ।
आज दास्रो दिन आयोजना गरिएको महिला टपरी उन्ने प्रतियोगितामा दुर्गा सापकोटा प्रथम, लक्ष्मी सापकोटा द्धितिय र नरमदा खरेल तृतिय भएका छन । कार्यक्रममा नरेश खाति, गोबिन्द्र बिसी, उमेश अधिकारी, बिशाल शर्मा, हास्यकलाकार बिशाल थापा र टिकाराम भुसाल लगायतको साँगितिक प्रस्तुति रहेको थियो । त्यस्तै बेलुन फुटाई प्रतियोगितामा ८ जनाको सहभागीता रहेकोमा दिवस नेपाली प्रथम, शिखर दर्जि द्धितिय र पदम दर्लामि तृतिय भएका छन ।
त्यस्तै एकल नृत्य प्रतियोगितामा कन्चन परियार प्रथम, सनिसा बिक द्धितिय र गुमा बिक तृतिय भएका छन् ।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद सापकोटाको अध्यक्षता, भुपु बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमलाल सापकोटाको स्वागत मन्तब्य र बिद्यालयका प्रध्यानाध्यापक प्रेमसागर सापकोटा र सरस्वति सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक प्रेमसागर सापकोटाले बिद्यालयको प्रगति प्रतिबेदन सार्वजनिक गरेका थिए। कार्यक्रममा दमेक स्रोतकेन्द्रका स्रोतब्यक्ति बिष्णुप्रसाद सापकोटा, जनजागृति माद्यामिक बिद्यालयका साहायक प्रध्यानाध्यापक डिल बहादुर बुढाथोकी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।