बागलुङ २०७४ पुस १२ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागु औषध दुर्व्यसन एवं ओसार पसार नियन्त्रणमा विशेष ध्यान केन्द्रित गरेको छ । बागलुङ र यस आसपासका जिल्लाहरुमा लागु औषध ददुर्व्यसन र ओसार पसार धन्दामा ठुलो संख्यामा युवाहरु संलग्न रहेका प्रहरीको आँकडाले देखाएको छ ।
झण्डै १५ दिनको अवधिमा प्रहरीले लागु औषध दुर्व्यसन र ओसार पसारमा संलग्न करिब एक दर्जन युवालाई नियन्त्रणमा लिनुका साथै ठुलो मात्रामा विभिन्न खाले लागु औषध बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङव्दारा प्रेषित समाचार अनुसार गत पुस १ गते पर्वत जिल्लाको जलजला गाउपालिका नाङ्लिवाङका २२ वर्षिय महेन्द्र बिक र १९ वर्षिय सुदिप नेपालीलाई लागु औषध सेवन गरी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएर कार्बाही चलाएको छ भने पुस ७ गते बागलुङ जिल्लको निसीखोला गाउपालिकाका वर्ष १९ को राज भन्ने प्रेम घर्तीमगर, वर्ष २३ को प्रकाश भन्ने थनबहादुर घर्ती र रोल्पा जिल्लाको सुनछहरीका वर्ष २० को मनोज भन्ने मानसिँह बुढामगरलाई लागु औषध सेवन गरी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई कार्बाही चलाएको छ ।
यसैगरी, पुस ११ गते लागु औषध सेवन गरी हिँडिरहेका बागलुङ नगरपालिका ४ निवास वर्ष १९का लक्ष्मण सुनार, ऐ बस्ने वर्ष २१ का साजन केसी तथा म्याग्दी जिल्ला बेनी नगरपालिका रत्नेचौरका वर्ष २१ का केशव थापा र वर्ष १६ का विनोद थापालाई नियन्त्रणमा लिएर कार्बाही अघि बढाएको प्रहरीले जनाएको छ ।
यस अघि पुस ६ गते प्रहरीले म्याग्दी मंगला गाउपालिका घर भै बागलुङ नगरपालिका- २ शिवधाराचोक बस्ने मदन भन्ने स्वदेश बुढाथोकीलाई लागु औषध सहित नियन्त्रणमा लिएर मुद्दा चलाएको जनाएको छ ।
निज स्वदेश बुढाथोकीको साथबाट लागु औषध र प्रयोग भएको निडिल सहितको सिरिन्ज थान १ , Global IME Bank को खाता नं. 1207010008800 स्वदेश बुढाथोकीको नाममा मिति 22-11-2017 मा रु १८,०००।– हजार र सोही खाता नं. मा मिति २०७४।०८।०८ गते रु ५८,०००।– हजार जम्मा गरेको भौचर थान २, HUAWEI लेखिएको मोबाईल थान १ ,Samsung – j5 मोबाईल थान १ र iphone मोबाईल थान १ गरी एकमुष्ट ३ थान मोबाईल र ६.६ रती सुन सहितको चन्द्रमा, र सेतो पत्थर जडित कानमा लगाउने झुम्का १ जोर फेला पारी बरामद भएको प्रहरीले बताएको छ ।
यसैवीच झिवाखोला प्रहरी चौकीलै पुस ११ गते मात्रै ५ केजी लागु औषध चरेस सहित निसीखोलाका ३० वर्षिय खिमबहादुर घर्तीलाई नियन्त्रणमा लिएर ला.औ मुद्दा चलाईएको प्रहरीले बताएको छ ।
यो पनि पढौं
बागलुङ जिल्लालाई लागु औषध नियन्त्रित जिल्ला बनाउने लक्ष्यका साथ समिति गठन !
खर्वाङमा २२ केजी १ सय ग्राम लागु पदार्थ चरेस बरामद, एक जना अभियुक्त पक्राउ एकजना फरार !
बागलुङमा लागुऔषध कारोबार बढ्यो, प्रहरीले पक्राउ गर्न खोज्दा कालीमा हामफालेका युवक बेपत्ता !