प्रेम सुनार, गुल्मी २०७४ पुस १४ । गुल्मीको सत्वती गाउँपालिका प्रमुख पारिश्वर ढकालले रुद्रवेणी वामी टक्सार सडक खण्ड स्तर बृद्धिका क्रममा हुँदै गरेको काममा कम्जोरी भएको बताएका छन् । त्यस सडक खण्डमा भएको पिच नहुँदै ठाउँ ठाउँमा भत्कीएको छ यसवारे सत्यवाती गाउँपालिकाको ध्यान गएको छैन ? भन्ने प्रश्नमा उनले भने –‘ त्यसमा हाम्रो गम्भीर ध्यान गएको छ । निश्चित रुपमा उक्त सडक खण्डमा गरिएको पिच अहिले नै भत्की सकेको छ , मैलो पाल्पा सडक डिभिजन प्रमुखलाई ध्यानकृष्ण्ट गराई सकेको छ , उहाँले पहिलो चरणको काममा त्यसो भएको हो , दोश्रो चरणमा त्यस्तो कमजोरी हुन दिने छैनौं भनेर भन्नु भएको छ । ’
सत्यवती गाउँपालिकाले पहिलो गाउँ सभामा के कुरामा के कुरामा जोड दिनु भयो र आगमी दिनमा के कुरामा बढि जोड दिदै हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले सत्यवती गाउँपालिकाको परिषद मात्रै नभएर त्यहाँको समग्र विषण्मा गहन छलफल गरी कृषि, पशुपालन र पर्यर्टन विकास सत्यवतीमा प्रवल सम्भावना रहेको र त्यसै अनुसार अगाडी बढिएको बताए । उनले कृषकहरुलाई तरकारी र पशुपालनको फम निर्माण गरेर कसरी खाडी मुलुकमा जान बाध्य सत्यवतीका युवाहरुलाई गाउँमै रोजगारी दिएर रोक्न सकिन्छ भनेर कार्यक्रमहरु सञ्चालन गरेको जानकारी लिए ।
उनले आफुहरु केहि दिन अघि भार्से पुगेर त्यहाँका कृषकहरुले सुरु गरेको किवि खेती जो ३ देखि चार सय रुपैयाँ किलो मुल्य पर्दछ । त्यसलाई थप प्रोत्साहित गरेर अगाडी बढाउने कार्यक्रम ल्याईने बताए । त्यस्तै ठुलोलुम्पेकका कृषकहरुले सञ्चालन गरेको व्यवसायीय तरकारी खेतीलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहित गर्ने , लुम्विनी अञ्चलकै सवै भन्दा अग्लो लेक थाप्ले , सत्यवती , हिले शिद्धवावा र रुद्वेणीको राममन्दिरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडी बढिएको बताए ।