Sorry, that menu does not exist.
 

बलेवा सेवा समाज, जापानको तेश्रो अधिवेसन अंग्रेजी नयाँ वर्षको अवसरमा हुने

रमेश लामिछाने, जापान टोकियो २०७४ पुस १६ । जापानमा क्रियाशिल बलेवा सेवा समाज जापानको तेश्रो अधिवेसन अंग्रेजी नयाँ वर्षको अवसरमा जापानमा हुने भएको छ ।

डिसेम्बर ३१ मा हुने तेस्रो साधरण सभाले आगामि २ वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्ने समाजले बताएको छ ।
अंग्रजि नयाँ वर्षको अवसर पारेर बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका जापानमा विभिन्न पेशा तथा व्यवसायको शिलशिलामा जापानमा रहेका हरु विचको भटघाट तथा शुभकामना आदान प्रदान सहित नयाँ कार्य समिति चयन गर्ने संस्थाका महासचिव शर्मेन्द्र पिसिले जानकारि दिए ।

सेवा र संरक्षण हाम्रो दायित्व भन्ने मुल नाराका साथ सञ्चालन हुने अधिवेसनमा ख्यातिप्रप्त लोकदोहोरी गाएक सुर्य खड्काको संगितिक प्रस्तुति समेत रहने पिसिले बताए ।

अधिवेसनमा महासचिव शमेन्द्र पिसिले कार्यकालको समिक्षा तथा सांगठनीक प्रतिवेदन, कोषध्यक्ष दिपक चापागाईले अर्थिक प्रतिवेदन पेश गर्ने र कार्यक्रमको उद्घाटन संरक्षक महेन्द्र महेन्द्र पिसि र अध्यक्ष दिपेन्द्र केसिले गर्ने बताईएको छ ।

विभिन्न सामाजिक कार्यमा क्रियाशिल संस्थाले विभिन्न समयमा विभिन्न रोगबाट पिडितका लागि राहात संकलन, भुकम्प पिडितलाई आर्थिक सहयोग, विपिन्न विध्यार्थिलाई लक्षति गरि अक्षय कोष सञ्चालन गर्दै आएको समाजका अध्यक्ष दिपेन्द्र केसिले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply