Sorry, that menu does not exist.
 

हरेक क्षेत्रमा महिलाहरुको पहुँच अभिवृद्धि हुनु आवश्यक : नगरप्रमुख गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७४ पुस १६ । हरेक उपभोक्ता समितिमा महिलाहरुको पहुच अभिबृद्धि गनुपर्ने गल्कोट नगरपालिका नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन् ।

गलकोट सामुदायिक प्रहरी सेवा केन्द्र गलकोटको आयोजना र गलकोट नगरपालिकाको आर्थिक सहयोगमा गलकोट नगरपालिका वाड नम्बर ६ मा सञ्चालन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताएका हुन् ।

नगरप्रमुख गैरेले सञ्चालित कार्यक्रमले घरेलु हिंसामा न्युनिकरण हुनेमा जोड दिए ।

कार्यक्रममा गलकोट नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदी, गलकोट नगरपालिका वाड नम्बर ६ का अध्यक्ष नर बहादुर खत्री, ईलाका प्रहरी कार्यालय हरिचौरमा निर्मित प्रमुख मन बहादुर बिक लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी ३० जनालाई गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, पशु प्राबिधिक चिन्तामणी शर्मा, केन्द्रका सचिव गणेश खत्रीले सहजिकरण गरेका थिए ।

कार्यक्रमले स्थानिय स्तरमा हुने सम्पुर्ण कार्यक्रमहरुमा महिलाको चासो र चिन्तनमा बृद्धि गराउनु, स्थानिय क्रियाकलापबाट सृजना हुने नेतृत्वमा स्वतस्फुर्त महिला अग्रसरता बढाउने, स्थानिय स्तरका कार्यक्रम तालिका निर्माण, ब्यवस्थापन , सञ्चालन र समापन गर्न महिलाहरुलाई सक्षम बनाउने, घरयासी र सामाजिक निर्णय परिपक्क रुपमा लिन सक्ने बनाउने र आफना समस्या खुलेर राख्न सक्ने बनाउने तालिमको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मन्जु शर्मा चालिसेको अध्यक्षता, कार्यक्रम समन्वय कर्ता कल्पना गौतमको स्वागत मन्तब्य र सचिव गणेश खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply