Sorry, that menu does not exist.
 

अनुकूल मौसमका कारण सुन्तला उत्पादनमा बृद्धि : बागलुङमा फल्यो साढे १७ करोडको सुन्तला !

बालकृष्ण सुवेदी, बागलुङ २०७४ पुस १७ । यस बर्ष बागलुङ जिल्लामा अनुकुल मौसम तथा क्षेत्रफल विस्तार हुँदा सुन्तला उत्पादन बढेको छ । जिल्लाका विभिन्न क्षेत्रहरुमा सुन्तला खेती गर्दै आएका कृषकहरुले यस वर्ष १७ करोड ३२ लाख ५० हजार रुपैया बराबरको सुन्तला फलाएका छन् । अनुकुल मौसम एवं थप २० हेक्टर क्षेत्रफल विस्तार गरिएकाले अहिले ५ प्रतिशत सुन्तलाको उत्पादन पनि बढेको छ । रोगकिराको व्यवस्थापन, प्रविधि सामाग्रीको तालिम दिएका कारण यस बर्ष सुन्तला उत्पादनमा बृद्धि भएको हो ।

जिल्ला कृषि विकास कार्यालय बागलुङले दिएको जानकारी अनुसार १२ करोड १२ लाख ५० हजार रुपैया बराबरको सुन्तला अन्य जिल्लाहरुमा निर्यात भएको छ भने ५ करोड १९ लाख ७५ हजार रुपैँयाको सुन्तला जिल्लामा खपत भएको छ । बागलुङमा उत्पादित सुन्तला चितवन, नारायणगढ, पोखरा, गुल्मी, रुकुम, बुटवल, धादिङ, काठमाडौँ लगायतका जिल्लामा निर्यात गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय बागलुङका अनुसार बागलुङमा ५ हजार ४० रोपनी क्षेत्रफल उत्पादनशील छ । यस बर्ष क्षेत्रफल विस्तार भएपछि ३ हजार ४ सय ६५ मेट्रिक टन सुन्तला उत्पादन भएको बताइएको छ । कुल उत्पादनको ७० प्रतिशत जिल्ला बाहिर निकासी भएको छ भने ३० प्रतिशत मात्रै आन्तरिक उपभोग गरिएको छ । यहा प्रति कृषक १० हजार रुपैँया देखी ५ लाख रुपैँया सम्म आम्दानी गरेका छन् । खुद्रा सुन्तला बिक्रि गर्नु भन्दा व्यापारीहरु आएर एकमुष्ठ खरिद गरेपछि सहज भएको कृषकहरु बताएका छन् ।

रोगकिराको व्यवस्थापन, प्रविधि सामाग्रीको तालिम दिएका कारण यस बर्ष सुन्तला उत्पादनमा बृद्धि भएको हो । गत बर्ष जिल्लामा २ सय ३२ हेक्टर क्षेत्रफलमा ३ हजार ३ सय मेट्रिक टन अर्थात १३ करोड २० लाख रुपैँया बराबरको सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ ।

बागलुङ जिल्लामा उत्पादित सुन्तला रसिलो र स्वादिलो भएको कारण व्यापारीहरुको आर्कषण बढेको किसानहरुको अनुभव छ । सिजनमा भन्दा बेसिजनमा सुन्तला विक्रि गर्दा किसानहरुलाई फाइदा पुग्ने भएकाले कतिपयले आधुनिक स्रोत र साधनको अभाबमा परम्परागत रुपमा घर भित्रनै सुन्तला भण्डारण गरेर राख्ने गरेका छन् ।

यसरी भण्डारण गरेको सुन्तला कतिपय कृषकहरु चैत बैशाख सम्म रहने गरी बढि मुल्यमा बिक्रि गर्छन् । सुन्तालका लागि बागलुङको भकुण्डे, बिहँु, जैदी, छिस्ती, हरिचौर, दमेक नरेठाँटी लगाएतका स्थानहरु पकेट क्षेत्र मानिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply