Sorry, that menu does not exist.
 

वालज्योती प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण

महेन्द्र केसी, पर्वत २०७४ पुस १८ । जिल्लाको फलेवास नगरपालिका ३ शंकरपोखरी मैदान स्थित वालज्योती प्राविमा विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको छ । लायन्स क्लव अफ शिवालयले विद्यालयका ६२ जना विद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरेको हो । भने स्थानीय समाजसेवी लोकप्रसाद लामगादेले स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ । उक्त अवसरमा लायन्स कल्व अफ शिवालयले सुईटर र टोपी विद्यार्थीहरुलाई वितरण गरेको छ । फलेवास नगरपालिका २ थापाठाना घर भई हाल लण्डन निवासी गंगा क्षेत्री र भगवती क्षेत्रीको सौजन्यमा प्राप्त सामाग्री वितरण गरेको वताइएको छ । दलित समुदायका विद्यार्थीहरु मात्रै अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेपछि विद्यार्थीहरुले राहातको महसुस गरेका छन् । प्रमुख अतिथी फनपा ३ का वडाध्यक्ष अर्जुनवहादुर केसी,लायन्स क्लव अफ शिवालय वर्ष २०१७÷०१८ का अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र लायन्स क्लवका डिष्ट्रिक एडभाईजर वसन्तकुमार कर्माचार्यले विद्यार्थीहरुलाई कपडा वितरण गरेका थिए ।

उक्त कार्यक्रममा वोल्दै लायन्स क्लवका अध्यक्ष श्रेष्ठ र लायन्स क्लवका डिष्ट्रिक एडभाईजर कर्माचार्यले लायन्सले जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरुलाई सामाग्री वितरण गर्दै आईरहेको वताए । उनीहरुले जुनसुकै समस्यामा रहेका विद्यार्थी,विभिन्न उपचारको समस्या रहेका व्याक्तिहरुलाई सहयोग गर्ने र अन्य सामाजिक अभियानमा लायन्स समर्पित रहेको वताए ।
वडाध्यक्ष अर्जुनवहादुर केसीले सहयोगदाताहरुलाई यस्तै सामाजिक अभियान सञ्चालन गरिरहन आग्रह गरे । सहयोगदाताहरुलाई विद्यालयले सम्मान गरेको छ । उक्त कार्यक्रममा समाजसेवी लोकप्रसाद लामगादे, लायन्स क्लवका कमिटि चियर पर्सन कमलनाथ आचार्य, सहयोगदाताका छोरा शुसिल क्षेत्री, समाजसेवी हिमलाल विक, कुलवहादुर वि.क लगायतले मन्तव्य दिएका थिए ।
धन्यवाद मन्तव्य विद्यालयका प्रधानाध्यापक हरिप्रसाद तिवारीले व्यक्त गरेको कार्यक्रमको स्वागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णवहादुर वि.क र सञ्चालन लायन्स क्लव अफ शिवालयका दित्तिय उपाध्यक्ष डि.आर शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply