बागलुङ, २०७४ पुस १९ । बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा बागलुङ सदरमुकाममा जारी पाँचौ बागलुङ महोत्सवको पाँचौ दिन लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
आठ समूहले भाग लिएको नृत्यप्रतियोगितामा रोट्रयाक्ट क्लव अफ बागलुङ समुह प्रथम, मगर समाज व्दितीय, डायनामिक डान्स ग्रुप तृतीय र अमर माविले स्वान्त्वना पुरस्कार प्राप्त गरेको नृत्य प्रतियोगिताकी संयोजक पार्वती अधिकारीले जानकारी दिईन् ।
पुस २३ गते सम्म सन्चालन हुने महोत्सवमा मंगलबार दोहोरी गीत प्रतियोगिता अन्तरगत संगिनाको समुह काठमाडौका बिरुद्ध बिशालको समुह बुटवल र गाँमवेसी दोहोरी साँझ काठमाडौका बिरुद्ध निरमाया दोहोरी साँझ पोखराका बिचमा प्रतिष्पर्धा भएको थियो । दोहोरी गीत प्रतियोगितामा बिभिन्न स्थानवाट १६ समुहको सहभागिता रहेको छ ।
दोहोरी गीत प्रतियोगितामा प्रथम हुने समूहले ७५ हजार ५ सय ५५ रुपैया, द्धितिय हुने समूहले ५० हजार ५ सय ५५ रुपैयाँ, तृतिय हुने समूहले २५ हजार ५ सय ५५, सान्तवना हुने समूले ५ हजार ५ सय ५५ र उत्कृष्ट कलाकारले ३ हजार पाउने छन ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको साँगीतिक प्रस्तुती जारी रहेको छ । आज बुधवार कलकार चोलेन्द्र पौडेल, राजनराज शिवाकोटी, देवि घर्ती, राुजु ढकाल, लाली बुढाथोकी, अनुपा थापा, शिलु भट्टराई संगै स्थानिय कलकारहरु प्रस्तुती रहने आयोजकले जनाएका छन् ।
यसैवीच १२ टिम सहभागी रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तरगत खेलको तेस्रो दिन लिग चरणका खेल सकिएर क्वार्टर फाइनलको खेल शुरु भएको छ ।
लिग चरणको खेलमा अमर आदर्श माविले नेपाल बिद्यार्थी संघ निसीलाई, बिनामारेले शिखर होटललाई, छन्त्याल निर्माण सेवाले बाकवभरमा बाङ्गेचौर संगठनलाई र न्यु जेनेरेशनले मुलपानी खेलकुद बिकास समितिलाई पराजित गरि क्वाटर फाइनलमा प्रवेश गरेका हुन् ।
हिँजै मंगलवार सुरु भकएको महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आदिवासी जनजाती बिद्यार्थी संघलाई पराजित गरि गल्कोट दोस्रो चरणका प्रवेश गरेको छ । महिला भलिबल प्रतियोगितमा ६ टिमको सहभागिता रहेको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबलको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने द्धितियले ५५ हजार ५ सय ५५ र तृतीयले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने बताइएको छ । यस्तै महिला भलिबलको विजेताले ७५ हजार ५ सय ५५, द्धितियले ३० हजार ५ सय ५५ र तृतीय टिमले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने र उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेे छन् ।
तस्वीर सौजन्य: पार्वती खड्का अधिकारी, लोकनृत्य संयोजक ।