Sorry, that menu does not exist.
 

गाउँमा पानी नपाउने छोरी–बुहारी : यता कांग्रेस एमालेको जुहारी !

प्रेम सुनार गुल्मी, पुस–१९ । विकासमा दलहरु विच हातेमालोको आवस्यकता छ भनेर दलका नेताहरुले भाषण गर्दै हिड्छन । जिल्लाका अधिकांस विकास निर्माण जनप्रनिधीहरुको अनिवार्य पहल वाहेक साँझ ढंगले नै भएको पाईन्छ । तर जावो एउटा विकास निर्माणमा यहाँको कांग्रेस र एमाले दुवै एक अर्काले गरेको भन्दै जुहारी चलाउनु कति सम्म राम्रो होला ? केहि दिन अघि एमाले सचिव तथा क्षेत्र नम्वर २ का सांसद गोकर्णराज विष्टले यहाँको एक गाउँमा सोलरको माध्यमबाट तल खोलाको पानी माथी गाउँमा पुराएको कुरा झुट प्रचार भएको नेपाली काग्रेस गुल्मीले आज पत्रकार सम्मेलन नै गरेर आरोप लगाएको छ ।

यता एमालेले कांग्रेसलाई त्यसरी नअत्तालिन सुझाव दिएको छ । केहि दिन अघि रेसुङ्गा नगरपालिका वडा नम्वर ६ , अर्खलेको ठुलाचेक्मीमा क्षेत्र नम्वर २ का सांसद विष्टले ठुलाचेक्मी लिफ्टीङ्ग सिस्टम खानेपानी योजनामा सोलारबाट चल्ने नयाँ प्रविधी संञ्चालन गरेपछि कांग्रेसले यस्तो प्रतिकृया वाहिर ल्याएको हो । कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले उक्त योजना नेता चन्द्र भण्डारीको पहलमा आफुहरुले २०७१ साल देखि सुरु गरेको दावि गर्दै आफुहरुले गरेको भन्दै एमाले नेताहरुले झुटो प्रचार गरेको आरोप लगाएका छन् ।

उनले भने–‘ चन्द्र दाईको पहलमा हामीले त्यस योजनालाई वहुवर्षियमा पारेर क्रमगत वर्षेनी आउने गरी ९५ लाखको योजना पारेका छौं । जुन योजनामा दुई चार मिटर पाईप लगेर गोकर्ण विष्टले सम्पन्न भयो भन्दै उद्घाटन गर्नु भए छ यो उहाँहरुको झुटो प्रचार हो । कांग्रेस उपसभापति विष्णु वलाल , अर्का नेता शालिक पन्थी , प्रकाश भलामी क्षेत्रिय सभापति भगवतसिंह खड्का लगायतका नेताहरु प्ाि त्यसको खुलेर विरोध गरेका छन् ।

कांग्रेस अत्तालिएको होः एमाले

यस सम्वन्धमा नेकपा एमाले सचिवालय सदस्य गणेश श्रीपालीको प्रतिकृया माग्दा उनले वषऔं पछि त्यहाँका जनताले एमाले नेता गोकर्ण विष्टको पहलमा अव खानेपानीको समस्या समधान गर्न पाउने भए पछि कांग्रेसजन अत्तालिएको प्रतिकृया दिए । उनले भने क्रमगत रुपमा पारिएको भनिएको उक्त योजना अलपत्र परे पछि चुनावताका त्यहाँका जनताको प्रमुख माग नै खानेपानीको थियो । चुनाव सकिए लगत्तै त्यो समस्या समधान गनेृप्रतिवद्ध जनाए अनुरुप अँस्ती उहाँ आफै पुगेर आवस्यक सोलर र पम्पीङ्ग मेशिन जडान गरेर तल खालाचौर ड्यामको पानी माथी डाँडामा खसाई दिनु भएको छ । उनले थपे–‘ अहिले नेता विष्टले सुरु गरेको नया प्रविधी हो । कांग्रेस अत्तालिनु पर्दैन जसले गरे पनि त्यहाँका जनताले पानीको समस्या समधान गरे हामी सवैका लागि खुशीको कुरा हो । ’

यस सम्वन्धमा सिंचाई विकास डिभिजन कार्यालय संग सम्पर्क राख्दा तत्कालिन डिभिजन प्रमुख हरिदत्त पौड्यालले जिल्लामा नमुना योजनाका रुपमा खलाचौरमा ड्याम निर्माण गरी विद्युतको माध्यमबाट माथी ठुलाचेक्मीको वल्लो गाउँको डाँडामा पानी पुराएका थिए । त्यति वेला स्थानियले करिव २ लाख रुपैयाँ स्थानिय श्रोतबाट जुटाएर काम गरेका थिए । करिव २ लाख लिटर पानी संकलन हुने उक्त ड्यामबाट सांसद विष्टले ५ हर्ज पावरको पम्पीङ्ग मेशिन र त्यसलाई आवश्यक सोलार पाता जडान गरे पछि ठुलाचेक्मीको पल्लो गाउँको डाँडामा पानी खस्न सुरु गरेको एमालेजनको बताउँ छन् ।

। कांग्रेस सचिव खिलध्वज पन्थीले भनेको उक्त क्रमगत योजनाको काम अघिल्लो वर्ष दुई लाख रुपैयाँ परे पनि काम हुन नसकी फ्रिज भएको सिंचाई विकास डिभिजन कार्यालयका ईन्जिनियर चन्द्र रानाले जानकारी दिए । उनले भने–‘यस वर्ष पनि ४ लाख परेको थियो । तर त्यसको पनि बजेट भाषण अनुसार स्थानियले गर्ने कि नगर्ने दुविधा भएर आफुहरु अल्लमल्लमा परिएको छ । ’ माथी विभागमा पठाउँछौ , हामीलाई गर भने गर्ने हो अन्यथा काम सुरु गर्न सकिदैन ।

अलपत्र योजना कुरेनौः वडाध्यक्ष

यस सम्वन्धमा रेसुङ्गा नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष गनबहादुर गुरुङ्ग संग सम्पर्क राख्दा माथीबाट योजना पारियो भन्न थालेको चार वर्ष भयो तर अहिले सम्म आशै आसमा बस्नु परे पछि स्थानियले त्यो कुर्न नचाहेर गोकर्ण विष्ट गुहारेको प्रतिकृया दिए । चार वर्ष अघि देखि हो योजना पारिएको छ तर खै त काम सुरु गरेको एमाले स्थानिय नेता समेत रहेका वडाध्यक्ष गुरुङ्गले भने कति दिन यहाँका जनता आकाशको फल आँखातरी मर हुने ? उनका अनुसार नेता विष्टले अन्यत्रैको योजना कटौती गरी त्यहाँ सोलर सिस्टम खानेपानी योजना सुरु गरेका हुन् । यो त सुरुवात मात्रै हो, गुरुङ्गले भने अरु थुप्रै पाईप, सोलार आउँदै छ र यहाँका जनताको सदियौं देखिको खानेपानी समस्या समधान गरिदै छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply