प्रेम सुनार, गुल्मी, २०७४ पुस २१ । केहि दिन अघि अर्घाखाँचीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १७ वर्षिया समिता नेपालीको मृत्यु घटना थप रहस्यमय बनेको छ । पुस–६ गते विहिवार राजधानीको ललितपुरबाट हिडेकी नेपाली पुस–८ विहान साढे ९ वजेको समयमा अर्घाखाँचीको भुमिका स्थान नगरपालिका वडा नम्वर १० को चेरेपानी जंगलको विचमा पर्ने कालिका मन्दिरको ढोका अगाडी झुडिएको अवस्थामा फेला परेकी थिईन् ।
उनका पिता विष्णु नेपालीका अनुसार कसैले हत्या गरेको आधारहरु प्रशस्त हुँदाहुँदै पनि प्रहरीले वेवास्ता गर्दै आएको छ । ् वावु नेपालीले भने–‘छोरीको मोवाईलको कल रेकर्ड र फेसवुक च्याटमा उनले शुक्रबार अघिल्लो दिन ललितपुरमा एउटी साथी संग च्याटमा कुराकानी गरेकी छन । त्यसमा उनकी साथीले तिम्रो लभर छ कि छैन ? भनेर सोधेकी छन । उनले छ भनेकी छन । को हो त यी चार मध्ये ? भनेर फोटो सहित उनले पठाएकी छन् । यताबाट समिताले यो विचको कोरियन टिशर्ट लगाउने हो भनेर भनेकी छन् । तिनै युवा संग अर्कोृ दिन कुरा समेत भएको कल रेकर्डले देखाएको हामीले सुनेका छौं । तर पनि जिल्ला प्रहरी कार्यालयले हामी अनुसन्धान गर्दै छौं भन्दै टार्दै आई रहेको छ । त्यो कुराकानी संग सम्वन्धित व्यक्तिहरुाई वोलाउँदै सोध्धै पठाउँदै गरेको भए पनि निष्पक्ष छानविन होला भन्ने आशा हराएको छ । हामीले गहार नपाउने भयौं सञ्चार माध्यमले प्रहरीलाई घचघचाई दिनु प-यो । ’
यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एकनारायण कोराला संग सम्पर्क राख्दा उनले केहि व्यक्तिहरुलाई वोलाएर सोधपुछ गर्ने काम भई रहेको र स्वतन्त्र रुपमा अनुसन्धान चलिरहेको बताए । समिताका परिवारजनले गत वर्ष छोरी समितिको वलात्कार भए पछि आफुहरु असुरक्षित हुँदै आएको र पछिल्लो यस घटनाबाट थप त्रसित भएर बस्नु परेको बताएका छन् । अर्घाखाँचीका वासीन्दाले यस्ता घटनालाई यहाँको प्रहरीले खासै वास्ता नगर्ने गरेको आरोप लगाएका छन् ।