सुमन सुनार, बुर्तिवाङ २०७४ पुस २२ । ढोरपाटन नगरपालिका–४ लुकुरबनमा रहेको हिलसाईन युवा क्लवले आफ्नो पाँचौ बार्षिक उत्सव यस वर्ष पनि विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी मनाउनेभएको छ ।
क्लवका पदाधिकारीको एक भेला विगतका वर्षहरुमा जस्तै यस वर्षपनि आफ्नो वार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको हो । “कला र सँस्कृतिको सम्मान, हाम्रो मुख्य अभियान” भन्ने मुल नारा सहित क्लवले बार्षिक उत्सवका अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, दोहोरीगीत प्रतियोगिता, सस्साकस्सा प्रतियोगिता, पुरुष÷महिला छेलो प्रतियोगिता, अन्धोनिसान प्रतियोगिता, भालेछोपाई प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
आयोजित प्रतियोगितात्मक कार्यक्रमहरु अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २२ हजार कप, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार १६ हजार कप, मेडल र प्रमाण पत्रको ब्यवस्था गरिएको छ । यस्तै महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार नगद रु १२ हजार कप, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद रु ८ हजार कप, मेडल र प्रमाण पत्रको ब्यवस्था गरिएको छ । दोहोरीगीत प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ५ हजार र प्रमाण पत्र, द्धितिय पुरस्कार ३ हजार र प्रमाण पत्र, रस्साकस्सा प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ३ हजार र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद रु २ हजार र प्रमाण पत्र, पुरुष छेलो प्रतियोगिताको प्रथम, द्धितिय पुरस्कार क्रमशः नगद रु २ हजार, १ हजार ५ सयका साथै प्रमाण पत्रको ब्यवस्था गरिएको छ ।
त्यस्तै महिला छेलो प्रतियोगिताको प्रथम पुरस्कार नगद रु १ हजार ५ सय र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद रु १ हजार र प्रमाणपत्र, अन्धानेनिशान प्रतियोगिताको प्रथम पुरस्कार नगद रु १ हजार ५ सय र द्धितिय पुरस्कार नगद रु १ हजारका साथै प्रमाण पत्र र भाले छोपाई प्रतियोगिताको प्रथम पुरस्कार लोकल भालेको ब्यवस्था गरिएको खेल संयोजक उदय अर्गेजाले बताए।
कार्यक्रमको तयारी तिब्र पारिएको सचिव विष्णु सुनारले बताउनुभयो । आयोजित प्रतियोेगितात्मक कार्यक्रमहरु यहि पौस २७ गते सुरु गर्ने निर्णय गरिएको छ भने कार्यक्रमको विधिवत उद्घाटन भने पौस २८ गते गरिने क्लव अध्यक्ष विमल छन्त्यालले बताए ।