Sorry, that menu does not exist.
 

कला संस्कृतिको संरक्षणमा स्थानिय क्लवहरु सक्रिय हुन नगर प्रमुख नेपालीको आग्रह !

रसानन्द प्राविमा ५१ हजार नगद सहयोग सहित निजी खर्चमा एक जना शिक्षक राख्ने नेपालीको उद्घोष !

खेमराज अर्याल, बुर्तिवाङ २०७४ पुस २६ । निसीखोला गाँउपालिका वडा नम्बर १ हुल्दीमा रहेको खानी बसुन्धारा युवा क्लवले आयोजना गरेको विविध प्रतियोगितात्मक कार्यक्रमको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली उद्घाटन गर्दै कला संस्कृतिको संरक्षणमा स्थानिय क्लवहरु सक्रिय हुनुपर्ने बताए ।

सो अवसरमा नगर प्रमुख नेपालीले रसानन्द प्राथमिक विद्यालयका लागी व्याक्तिगत रुपमै ५१ हजार रुपैया आर्थिक सहयोग दिँदै विद्यालयमा १ वर्षका लागी दलित कोटामा १ जना शिक्षक आफ्नै व्याक्तिगत लगानीमा राखिदिने उद्घोष समेत गरे ।

त्यस्तै उनले विद्यालय भवन निर्माणका लागी जिल्ला शिक्षा कार्यलय बागलुङमा पहल गर्ने बताए । नगरप्रमुख नेपालीले हुल्दीका बाढी प्रभावितका लागी एकिकृत वस्ती निर्माण गर्न केन्द्रमा पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

सोहि अवसरमा नेपालीले मिलिजुली आमा समुहका लागी ३ हजार, सोरठी नाँच समुहलाई ३ हजार, पञ्चेवाजा समुहलाई ३ हजार तथारसानन्द प्राविमा गठित दिपज्वती वाल क्लवका लागी ३ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।

क्लवले आयोजना गरेको कार्यक्रमको उद्घाटन सँगै पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । वार्षिक उत्सवका अवसरमा क्लवले दोहोरी गीत एकल नृत्य मारुनी नाच छेलो प्रतियोगिता लगाएतका कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम आज पनि जारी रहने आयोजकले जनाएको छ ।

कार्यक्रम क्लवका संस्थापक अध्यक्ष गिर वहादुर मगरको अध्यक्षता लाल बहादुर सिंजालीको स्वागत मन्तव्य र वालिन्द्र मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply