Sorry, that menu does not exist.
 

पहिचान सहितको संस्कृतिलाई स्थापित गर्न कलाकारको महत्वपूर्ण भूमिका : सांसद पौडेल

कोपिला कंडेल, बागलुङ, २०७४ पुस २६ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धौलागिरीले धौलागिरी अञ्चलबाट प्रत्यक्ष तर्फ निर्वाचित प्रतिनिधी एवं प्रदेशसभाका सदस्यहरुलाई सम्मान एबं बधाई ज्ञापन गरेको छ ।

प्रतिष्ठानले यही मंसिर १० र २१ गते सम्पन्न प्रतिनिध र प्रदेश सभा सदस्यमा निर्वाचित धौलागिरी अन्र्तगत बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ्गका सांसदहरुलाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरेको थियो ।

प्रतिष्ठानले बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद डाक्टर सुर्य पाठक क्षेत्र नम्बर २ का देबेन्द्र पौडेल पर्बतका पदम गिरी, म्याग्दीका भुपेन्द्र थापा र प्रदेश सभा तर्फ बागलुङका चन्द्र बहादुर बुढा, पर्वतका नेत्र अधिकारी, म्याग्दीका बिनोद केसी, नरदेबी पुन र मुस्ताङ्गका ईन्द्र धारा बिष्ट रहेका छन ।

मंगलवार उपस्थित हुन नसकेका धौलागिरीका अन्य सांसदलाई अर्को पटक सम्मान गर्ने आयोजकले बताएका छन ।

सम्मान पछि मन्तब्य ब्यक्त गर्दै प्रतिनिधी सभाका सांसद देबेन्द्र पौडेलले पहिचान सहितको संस्कृतिलाई स्थापित गर्नका लागि कलाकारको महत्वपुर्ण भुमिका रहने बताएका थिए । धौलागिरी अंचल कला र संस्कृतिले भरिपुर्ण रहेको भन्दै प्रतिनिधी सभाका सदस्य पौडेलले मुलुकको बिकास र सम्मृद्धिका लागि कलाकार लगायत सबै सरोकारवाला पक्ष एकहुनुपर्नेमा जोड दिए । उनले अव बन्ने सरकारले कलाकारिता क्षेत्रको बिकासका लागि उपयुक्त वातावरण निर्माण गर्ने दाबी समेत गरे ।

कार्यक्रम पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम लामिछाने, राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानका तारापति सुबेदी, केन्द्रीय सदस्य जीवन दाहाल, प्रतिष्ठानका निवर्तमान अंचल अध्यक्ष तारानाथ आचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धौलागिरिका अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षता बरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीको स्वागत मन्तब्य र महासचिव पुर्ण परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply