Sorry, that menu does not exist.
 

राष्ट्रिय गौरवको आयोजना ‘मध्यपहाडी लोकमार्ग’ तीन वर्ष भित्र कालोपत्रे गरिने !

हटिया-बुर्तिबाङ ४४ किमि सडकलाई तीन खण्डमा बिभाजन गरी निर्माणको जिम्मा !

राम सुवेदी, बुर्तिबाङ २०७३ माघ २१ । राष्ट्रिय गौरवको योजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड निर्माणको कामले तीव्रगति लिएको छ । अघिल्लो वर्ष घोडाबाँधे देखि अटियासम्म कालोपत्रे गरिएको यस खण्डको हटिया–बुर्तिबाङ ४४ किलोमिटर खण्डमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको लोकमार्ग आयोजनाले जनाएको छ ।

यो खण्डको खण्ड कालोपत्रे गर्ने गरी २०७१ माघमा सम्झौता भएको थियो । अहिले सडक चौडा गर्ने, पर्खाल लगाउने, नाली काट्ने, ‘ग्राबेल’ गर्ने लगायतका काम तीव्र गतिमा भइरहेको छ । आयोजनाका बागलुङ खण्ड प्रमुख सिनियर डिभिजनल इन्जिनियर बद्रीप्रसाद शर्माका अनुसार आगामी एक वर्षमा उक्त सडक कालोपत्रे गरिने भनाई छ । यसकालागि अहिले हटिया देखि रिघाको मनेवासम्म सडक ग्राबेलको काम र नली कटानको कामलाई तीव्र पारिएको छ ।

निर्माणाधीन अवस्थामा रहेको ग्वालिचौर लब्दी खोलाको पुल ।

उता बागलुङ सदरमुकाम हुँदै अछेतेसम्मको खण्डमा पनि सडक चौडा गर्ने तथा छेउँछाउँमा नली कटान र वाल लगाउने काम अघि बढाइएको छ । अघिल्लो वर्षको प्रतिकुल परिस्थितिले समयमै काम हुन नसकेन, समय थपेर यस वर्ष भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको इन्जिनियर शर्माले जानाकारी दिए ।

गलकोट हटियादेखि बुर्तिबाङसम्मको चवालीस किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर निर्माणको जिम्मा दिइएको छ । हटियादेखि खर्बाङसम्मको १६ किमी सडक ‘शङ्कर माली’ले कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरेको छ भने खर्बाङदेखि भीमगिठे ठूलाबेसीसम्मको अर्को १६ किमी सडक चालु आवभित्रै कालोपत्रे गर्ने गरी ‘रौताहा कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा लिएको आयोजनाले जनाएको छ । उक्त खण्डमा अहिले भिमगीठेको खाल बजार जाहाँ सडक छेँछाउँमा परेका करिव २० भन्दा बढी घर भत्काईदै छ । सडकको छेउ छाउमा परेका घरधनीले लोकमार्ग आयोजनाको कार्यलयबाट क्षतिपुर्ति पाउने व्यवस्था छ । खाल बजारमा अहिले तीव्र रुपमा घर टहरा भत्काईदै छ । उनीहरुले बढीमा ८ लाख ५० हजा्र देखि घटीमा ६ हजारसम्म क्षेतिपुर्ति प्राप्त गर्ने लिष्टमा नाम रहेको आयोजनाले जनाएको छ । पहिलो चरणमा घर टहरा भत्काउने, त्यसपछि गाउँ विकास समिमितिको कार्यालय तथा मध्यपहाडी लोकमार्गको ईञ्जिनियरको सिफारिसको आधारमा जिल्ला प्रकाशन कार्यालयबाट उक्त क्षेतिपूर्तिको उपलव्ध गराईने व्यवस्था गरिएको छ ।

यता भिमगीठेको ठूलाबेसी भीमगिठेदेखि बुर्तिबाङसम्मको १२ किमी सडकमा ‘दिवा कन्स्ट्रक्सन’ले काम गरिरहेको छ । मापदण्ड अनुसार सडक विस्तार गर्ने क्रममा भिमगीठेको ठूलाबेसी–बुर्तिबाङ खण्डमा ३० वटा घरटहरा हटाइएको ‘दिवा कन्स्ट्रक्सन’का इन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिए । उनले काम तीव्र रुपमा अघि बढेकाले निर्धारित समयमै निर्माण हुने बताएका छन् । त्यस स्थानमा बढीमा ९ लाख सम्म क्षति पूर्ति पाउने भएका छन भने थोरै पाउनेले ३० हजारसम्मको प्राप्त गरिसकेको बताइएको छ ।

सडक स्तरोन्नति गर्ने कार्य तीब्र गतिमा ।

यस्तै बुर्तिबाङको शेरादेखि निसी पातीहाल्नेसम्मको ४२ किमी सडक पनि आगामी तीन वर्षमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाले जनाएको छ । बुर्तिबाङ–बोहरागाउँ १७ किमी पनि ‘शङ्कर माली’ले नै, बोहरागाउँदेखि निसी चरिबाङसम्मको साढे १४ किमी ‘कालिका प्यासेफिक’ र अन्तिमखण्ड चरिबाङदेखि पातीहाल्नेसम्मको १० किमी २०० मिटर सडक ‘कन्काई कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा लिएका छन् ।

लोकमार्गको बागलुङ खण्डमा पर्ने १३५ किमी सडकमध्ये घोडाबाँधे देखि हटियासम्मको २० किमी सडकखण्ड यसअघि नै कालोपत्रे भइसकेको छ । बाँकी ११५ किमी सडकलाई पनि विभिन्न खण्डमा बाँडेर स्तरवृद्धि र कालोपत्रे गर्ने काम भइरहेको इन्जिनियर शर्माले बताए । उनका अनुसार अबको तीन वर्षमा बागलुङ खण्डको सबै सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

मध्य पहाडी लोकमार्ग सडक खण्डको बागलुङ खण्डमा लामो समययता अलपत्र परेको न्वारको पुल र बुर्तिबाङ पारगर्ने अर्को पुल गरि अव दुई पुल मात्र निर्माण हुन वाँकी रहेको छ । लोकमार्गको बागलुङ खण्डमा पर्ने १८ वटा पक्की पुलमध्ये अहिलेसम्म १२ वटा निर्माण भइसकेका छन् । निर्माणाधीन अवस्थामा रहेको ग्वालीचौर न्वारको लब्दीखोला पुल, निसीको भल्कोटखोला पुल भीमगिठको भिमघाटखोलो पुल र निसीकै चारिबाङमा निर्माणाधीन पुलको काम चालु आवमा सकिने जनाइएको छ । सरकारले लोकमार्गको पश्चिमखण्डलाई अबको तीन वर्ष्भित्र कालोपत्रे गर्ने राष्ट्रिय लक्ष्य लिएको छ । लोकमार्गको पश्चिमखण्डको लागि चालु आवमा सरकारले एक अर्ब ४२ करोड बजेट विनियोजन भएको छ । नुवाकोटदेखि बैतडीसम्मका १४ वटा जिल्लामा पर्ने एक हजार ९७ किमी सडकका लागि यो बजेट छुट्याइएको हो । सोही वजेट अनुसार काम हरेक ठाउँमा तीव्र गतिमा अघि बढीरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply