घनश्याम गौतम, गल्कोट २०७४ पुस ३० । गल्कोट नगरपालिका बडानम्बर ९ को रिस्मीमा ६ महिने कृषक पाठशाला समापन भएको छ । कारितास नेपालको सहयोग तथा नेपाल गाजाँ डेभलवमेन्ट फाउण्डेशन बागलुङको आयोजनामा २०७४ साउन ११ गते देखी सञ्चालन गरिएको उक्त पाठशालामा २९ जना सहभागी रहेको फाउण्डेशनले जनाएको छ ।
सो अबसरमा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगरले नगर शिक्षा कार्ययोजना निर्माण गर्दा कृषी क्षेत्रलाई समेटेर योजना बनाउने बताईन् ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी काउचाले कृषकलाई कृषि योजना लिएर नगरपालिकामा आउन आग्रह गदैं योजना अनुसारका नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन ।
गाजा डेभलभमेन्ट फाउण्डेसनका प्रतिनिधी यमलाल कडेलले यस्ता आईपिएम कार्यक्रम आगामि बर्षको लागी पनि प्रस्ताब गरिएको बताउदै गलकोट नगरपालिका क्रियाशिल कृषि समुहले गाजा फाउण्डेशन संग सहकार्य गर्न आग्रह गरे ।
कृषि सेबा केन्द्र हरिचौरका प्रमुख डिएन दाहालले गलकोट नगरपालिका भित्र सञ्चालन गरिने कृषि कार्यक्रमहरु गलकोट नगरपालिका, एनजिओ,आईएनजिओ र कृषि सेबा केन्द्रको सम्युक्त रुपमा सञ्चालन गरेमा बढि प्रभाबकारि हुने बताए । उनले सबैसंग सहकार्य गर्दा गलकोटका युबा जनशक्तिलाई कृषिमा लगाउन सकिने दाबी समेत गरे ।
कार्यक्रमका अध्यक्ष अग्नीधर सापकोटाले ६ महिनामा भएको ४० हजार बराबरको खर्च बिबरण समेटीएको प्रतिबेदन सार्बजनिक गरेका थिए ।
कार्यक्रम गलकोट नगरपालिका बडा नम्बर ९ का बडा अध्यक्ष तेज बहादुर थापा, जनजागृति माध्यमिक बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष बेदिलाल सापकोटा, बिक्ष्णु प्राथमिक बिद्यालयका प्रधानाध्यापक प्रेमसागर सापकोटा, आईपिएम कृषि पाठसाला लमईका अध्यक्ष दुर्गा बस्नेत, प्रशिक्षक श्रृजना कडेल, सोमलाल सापकोटा, लक्षमण गौतम, टिकाराम सापकोटा, इन्दुप्रसाद खराल, बिबेक खराल, खेमलाल सापकोटा, लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रम गाँउबेसी मिलीजुली कृषि पाठशाला रिस्मीका अध्यक्ष अग्नीधर सापकोटाको अध्यक्षता, सहभागी कृषक कोपिला खरालको स्वागत तथा कृषक बिपिन खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
सो अबसरमा कृषकहरुले अर्गानिक कृषि सम्बन्धी नाटक प्रस्तुत गरिएको पत्रकार मित्र खरेलले ईबागलुङलाई बताए ।
फाइल तस्बिर