Sorry, that menu does not exist.
 

स्वयं सेविकाहरुव्दारा बडीगाड गाँउपालिकाकी एक अग्नि पीडितलाई आर्थिक सहयोग

सुमन सुनार, बुर्तिवाङ २०७४ पुस ३० । ढोरपाटन नगरपालिका वडा नं. १, २ र ३ का महिला स्वास्थ्य स्वयं सेविकाहरुले बडीगाड गाँउपालिका–७ गाँवकी अग्नी पीडित महिला स्वयं सेविका चन्द्रकला विश्वकर्मालाई आर्थिक सहयोग गरेका छन् ।

तिन ओटै वडामा रहेका २५ जना महिला स्वयम् सेविकाहरुले ब्यक्तिगत रुपमा रकम उठाएर राहत स्वरुप नगद रु ६ हजार रुपैया सहयोग गरिएको वडा नं. १ कि महिला स्वास्थ्य स्वयंसेविका रमिता रोका सेर्बुजाले बताईन् । स्वयंसेविका सेर्बुजाका अनुसार सो राहत रकम शनिबार प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा एक कार्यक्रमका विच अग्नी पीडित विश्वकर्मालाई हस्तान्तरण गरिएको हो ।

गत मंसिर २८ गते स्वास्थ्य स्वयं सेविका चन्द्रकला विश्वकर्माको घर र गोठमा आगलागी हुँदा घर र गोठनै नष्ट भएको थियो भने करिव ८ लाख बराबरको क्षती भएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङकी सिनियर अनमी मनु कुवँरको अध्यक्षता रहेको राहत रकम हस्तारन्तरण कार्यक्रममा पार्वती अर्यालको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन खगिसरा पाण्डेले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply