बागलुङ २०७४ पुस ३० । दुई दशक भन्दा बढी समय पछी बागलुङ बलेवा विमान स्थलमा नियमित हवाई विमान सेवा पुन सन्चालन गरिने भएको छ ।
आईतवार काठमाडौमा भएको सरोकारवालाहरुको संयुक्त बैठकले आगामी फागुन महिना देखी नियमितरुपमा विमान सेवा संचालन गर्ने निर्णय गरेको बैठकका सहभागीहरुले बताएका छन् ।
नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल लगायत अन्य कर्मचारी, विभिन्न एयर लाईन्सका प्रतिनिधी सहित बागलुङ जिल्लाका सरोकारवाला गरी २१ जनाको उपस्थितिमा भएको बैठकले विभिन्न चार निर्णय गरेको छ, जसमध्य निर्णय नं २ र ४ विशेष रहेका छन् । एकार्काका पूरकका रुपमा देखिएका दुई निर्णय यसप्रकार छन् ।
निर्णय नं (२) उक्त विमानस्थलमा उडान गर्न सक्ने वायुयान भएका वायुसेवा कम्पनिलाई उडान गर्नको लागि प्राधिकरणले अनुरोध गर्ने र वायुसेवा कम्पनि, बागलुङ नगरपालिका र स्थानीय सरोकारवाला वीच यात्रुहरुको सुनिश्चितता सम्वन्धी आपसी समन्वय गरी उडान गर्ने, गराउने व्यवस्था गर्ने ।
निर्णय नं (४) , उडान सुनिश्चितताका लागी यात्रुहरुको प्रत्याभूतिका लागि बागलुङ नगरपालिका, नेपाल वायुसेवा निगम र तारा एअर वीच समझदारी तय भई सोहि अनुसार उडान सन्चालन गर्ने ।
बैठकले यात्रुहरुको सुनिश्चितता सम्वन्धी आपसी समन्वय गरी उडान गर्ने गराउने व्यवस्थ गर्ने तथा यात्रुहरुको प्रत्याभूतिका लागि बागलुङ नगरपालिका, नेपाल वायुसेवा निगम र तारा एअर वीच समझदारी तय भई सोहि अनुसार उडान सन्चालन गर्ने निर्णयका सम्वन्धमा स्थानीयवासील केहि जिज्ञासा व्यक्त गरेका छन् । यात्रुहरुको सुनिश्चितता भन्नाले बागलुङ (बलेवा)बाट काठमाडौ वा काठमाडौँबाट बलेवा यात्रा गर्ने यात्रुहरु थोरै वा कम भएमा विमानको क्षमता अनुसार थप यात्रुहरुको भाडा विमान कम्पनिलाई कहाँबाट सोधभर्ना गर्ने ? भन्ने नै स्थानीयको बुझाई हो, बैठकका सहभागीहरुले स्पष्ट पार्नु पर्ने देखिन्छ ।
बैठकमा बलेवा-काठमाडौ-बलेवा विमान भाडा खुलाईएको छैन । यात्रुहरुको सुनिश्चितता विमानको भाडामा निर्भर पर्ने निश्चित छ । भाडा कम भएमा यात्रु संख्या बढ्ने हुनाले अन्य निकाय वा संस्थाले विमान कम्पनिलाई नपुग यात्रुको रकम दिईरहन नपर्ने हुन्छ तर विमान भाडा बढी भयो भने यात्रु कम हुने हुँदा विमान कम्पनीलाई सोधभर्ना दिनै पर्ने बाध्यता सुनिश्चितता शव्दले पारेको छ ।
केहि दिन पहिले भएको बागलुङ नगरपालिकाको बैठकले विमान सन्चालन गर्दा नपुग यात्रुहरुको रकम नगरपालिकाले व्यहोर्ने निर्णय भएको व्यहोरा सार्वजनिक भएको थियो । माथि उल्लेखित दुइटा निर्णयले यसै बास्तविकतालाई ईंगित गरेको प्रष्ट हुन्छ । नपुग यात्रुहरुको रकम नगरपालिका वा अन्य कुनै निकायले विमान कम्पनीलाई कालान्तरसम्म तिरी रहन कति सम्भव छ त्यो चाहिँ विचारणीय छ ।
आज गरिएको निर्णयलाई नेपाली काँग्रेसका निवर्तमान सांसद प्रकाश पौडेल र बागलुङ नगरपालिकाका प्रमुखका निजी सचिवले आ-आफना फेसबुर्क मार्फत आफनो प्रयासबाट भएको भन्ने भ्रम बाँड्ने कार्य सुरु भएको पनि छ । जसले जे भने वा गरेपनि बर्षौँ सम्म बन्द रहेको विमान स्थल सन्चालनमा आउनु वा ल्याईनु जरुरी छ । बाजीमार्ने हानथाप पछी नलागी विमान सेवा सुचारु गर्ने तर्फ जिल्लाका नेता, भलाद्मी, नागरिक समाज कटिवद्ध भएर लाग्नु आवश्यक रहेको छ ।
बलेवामा विमान स्थल निर्माण २०१९ सालमा भएको हो । बलेवा विमानस्थलको निर्माणमा तत्कालीन बडाहाकिम शिवबहादुर थापाको विशेष योगदान रहेको छ । बलेवा विमानस्थलमा सर्वप्रथम २०१९ सलामा पिलाटस्पोर्टर विमान अवतरण गरेको थियो । पिलाटस्पोर्टर विमानको क्षमता ५/६ जना यात्रुहरुको थियो । यात्रुहरुले विमान भित्रै टिकट काट्ने वा भाडा तिर्ने गरिन्थ्यो भने एक यात्रुको भाडा २२५ रुपया लिईन्थ्यो । पछि विमान स्थलका कार्यालय टावर स्थापना भएपछी शाही नेपाल वायुसेवा निगमको १९ सिट क्षमता भएको ट्विन ओटर विमान सेवा सन्चालनमा आएको हो ।
यो पनि पढौं:
समय समयमा बलेवा विमानस्थलको कुरो उठ्ने गर्छ, उठाउने गरिन्छ । जबसम्म बिमानस्थल अस्तित्वमा रहन्छ प्रशंग उठनु स्वाभाविक हो । यो सिलसिला बीस बाईस वर्ष पहिले देखि चलिआएको छ, चलिपनि रहनेछ । श्रीमान देखी माननीय सम्म मन्त्री देखी प्रधानमन्त्रीसम्म बलेवा बिमानस्थलको प्रशंग उठ्छ त्यो प्रशंगवस नै उठ्छ, गम्भीरतापूर्वक होईन । कमसेकम बिगतले यहि बताएको छ ।
साताको तस्वीर : चर्चामा बलेवा विमानस्थल !