Sorry, that menu does not exist.
 

तिनै तहको निर्वाचन सम्पन्न गर्नका लागि दलिय सहमति अनिवार्य- एमाले नेता थापा

प्रेस चौतारी क्रियासिल पत्रकारिता पत्रकार पुरस्कार हरिनारायण गौतमलाई

कोपिला कंडेल, बागलुङ २०७३ माघ २२ । प्रेस चौतारी नेपाल बागलुङ शाखाले स्थापना गरेको पहिलो पत्रकारिता पुरस्कार पत्रकार हरीनारायण गौतमलाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपालको १९ सौ स्थापना दिवसका अवसर पारेर पत्रकार महासघंका केन्द्रिय सदस्य एबं ढोरपाटन दैनिकका सम्पादक गौतमलाई सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत गौतमलाई नेकपा एमालेका केन्द्रिय सदस्य एबं प्रचार बिभागका उपप्रमुख सूर्य थापाले गौतमलाई नगद रु १० हजार १ सय र सम्मान पत्र सहित दोशल्ला ओडाएर सम्मान सम्मान गरेका हुन् । २०५३ साल देखी निरन्तर रुपमा ब्याव्सायीक पत्रकारिता गर्दै आएका गौतम हाल ढोरपाटन दैनिक र धौलागिरी साप्ताहिक र जनमंञ्च अनलाईनको सम्पादन गर्दै आएका छन् ।

सो अवसरमा बोल्दै थापाले सहमतिको सरकार बिना स्थानिय निकायको निर्वाचन असम्भव हुने बताए ।सरकारले तोकेको समयमा स्थानिय निकायको निर्वाचन हुन नसक्ने चर्चा गर्दै एमाले नेता थापाले तिनै तहको निर्वाचन सम्पन्न गर्नका लागि दलिय सहमति अनिवार्य हुनेमा जोड दिए । उनंले सरकारले अघि सारेको संबिधान संशोधन प्रस्ताव गलत भएको आरोप लगाउदै पटक पटक संबिधान संशोधन गर्न नहुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासघंका केन्द्रिय सदस्य एबं सम्मानित ब्याक्तित्व हरीनारायण गौतम,प्रेस चौतारी नेपाल ४ नम्वर प्रदेश संयोजक गणेस पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष ईन्द्रलाल साप्कोटा, प्रेस चौतारी नेपालका पुर्व बरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद शर्मा, प्रेस सेन्टर नेपाल बागलुङ्गका अध्यक्ष राम थापा अबिरल र प्रगतिशिल पत्रकार सघंका सचिव बिजय राना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सम्मानित ब्याक्तित्व गौतम बारे पत्रकार महासघं बागलुङ शाखाका सचिव दिल शिरिषले प्रकाश पारेका थिए ।

कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, उपाध्यक्ष नविन शिसिरको स्वागत मन्तब्य र सचिव सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply