Sorry, that menu does not exist.
 

पत्याउनुस, बागलुङबाट चुनाव जित्ने/हार्ने कुनै उमेदवारले २२ लाख भन्दा बढी खर्चेका रै’नछन् !

बागलुङ २०७४ माघ ४ । बागलुङ जिल्लामा गत मंसीर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधी तथा प्रदेशसभा सदस्यहरुको निर्वाचनमा विजयी हुने र उनका निकटतम प्रतिव्दन्दी रहेका उमेदवारहरुले चुनावमा गरेको खर्चको हिसाब करोड नाघेको जिल्लामा चर्चा चलिरहँदा उनिहरुले जिल्ला निर्वाचन कार्यालय बागलुङमा बुझाएको खर्च विवरण आकाश जमिनको फरक देखिएको छ ।

बागलुङ जिल्लाको दुई निर्वाचन क्षेत्रहरु मध्य क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य नेकपा एमालेका डा. सूर्य पाठकले भन्दा क्षेत्र नं २ बाट जितेका माओवादी केन्द्रका देबेन्द्र पौडेलले रु १९ हजार बढी खर्च गरेका रहेछन् ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार डा पाठकले चुनावमा जम्मा रु २२ लाख २ हजार खर्च गरेको विवरण बुझाएका छन् भने देबेन्द्र पौडेलले रु २२ लाख २१ हजार खर्च गरेको विवरण पेश गरेका छन् ।

उता पराजीत उमेदवार नेपाली काँग्रेसकी चम्पादेवी खड्काले रु १७ लाख २३ हजार खर्च गरेकी छन् भने नेपाली काँग्रेसकै नरबहादुर पुन ‘निरज’ले रु १८ लाख २८ हजार खर्च गरेको हिसाव बुझाएको कार्यालय जनाएको छ । विवरण अनुसार क्षेत्र नं १ भन्दा २ का जित्ने र हार्ने दुबै उमेदवारको खर्च केहि बढी देखाईएको छ ।

प्रदेश सभातर्फ क्षेत्र नं १ को प्रदेश सभा (१) बाट विजयी एमालेका ईन्द्रलाल सापकोटाले जिल्ला निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार रु १२ लाख १ हजार खर्चेका छन् भने उनका निकटतम प्रतिव्दन्दी नेपालीे कांग्रेसका दिपेन्द्र थापाले जम्मा रु ७ लाख ५० हजार खर्च गरेको हिसाव देखाएका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा (२) का विजयी उमेदवार कृष्ण थापाले भने जम्मा रु १ लाख ३ हजार रुपयाँ खर्च भएको विवरण पेस गरेका छन् जबकि उनका निकटतम प्रतिव्दन्दी निवर्तमान सांसद प्रकाश शर्मा पौडेलले रु १४ लाख २५ हजार चुनावी खर्च देखाएका छन् ।

क्षेत्र नं. २ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढाले रु १३ लाख ११ हजार उनका निकटतम प्रतिव्दन्दी नेपाली कांग्रेसका मञ्जेशबम मल्लले रु ११ लाख ५३ हजार र क्षेत्र नं २ को प्रदेश (२) मा राजमोका टेकबहादुर घर्तीले रु १५ लाख रुपैयाँ खर्च भएको हिसाव निर्वाचन कार्यालयमा प्रस्तुत गरेका छन् । उता उनका प्रतिव्दन्दी नेपाली काँग्रेसका जित शेरचनले रु ११ लाख २१ हजार चुनावमा खर्च भएको देखाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply