सुमन सुनार, २०७४ माघ ५ । बुर्तिबाङ नयाँ सहरी योजना कार्यालयले आज कार्यालयबाट सञ्चालन भएका र हुने विभिन्न योजनाहरुको ठेक्कापट्टा सम्बन्धी फाईल नगरपालिकाको कार्यालयमा पेश गरेको छ ।
नयाँ सहरी अयोजना कार्यालयबाट लक्ष्य अनुसारको कुनै पनि योजना कार्यन्वयन तर्फ तत्परता नखाईएको, अपेक्षाकृत विकाश र जनचाहना अनुसार काम हुन नसकेको, बार्षिक बजेट दुरुपयोग र फ्रिज भई लक्षित कार्यक्रमहरु सबै सुसुप्त अवस्थामा पुगेको भन्दै तिब्र जनगुनासो बढ्न थाले पछि त्यस तर्फ गम्भीर ध्यानआकर्षण भएको भन्दै गत पुस २१ र २६ गते नगर कार्यपालिकाको बैठक बसेको थियो । उक्त बैठकले नयाँ सहरी योजनाबाट सञ्चालन भएका र हुने योजनाहरुको अनुगमन गर्नका निम्ती छानविन समिति गठन गर्दै सम्पुर्ण कामको सुचना र विवरण सहित ठेक्कापट्टा सम्वन्धी फाईल नगरपालिकामा पेश गर्न निर्देशन दिएको थियो ।
फाईल पेश गर्नका लागी २६ गतेको बैठकले ५ दिनको समय सिमा दिएको थियो । तर आज ८ दिन पछि मात्र योजना कार्यालयका प्रमुख प्रविण प्रताप अधिकारीले नगरपालिकामा ठेक्कापट्टाको फाईल पेश गरेका हुन् ।
कार्यालयद्धारा पेश गरिएको उक्त फाईलको आज देखि छानविन समितिले अनुगमन थालेको नगर प्रमुख देव कुमार नेपालीले ईबागलुङलाई बताए । फाईल अनुगमन गर्न अझै केहि दिन लाग्ने र समितिको छानविन पछि मात्रै कार्यालयबाट सञ्चालन भएका योजना र हुने कामहरुको अवस्थाको बारेमा पत्रकार सम्मेलन गरि जानकारी गराईने नगर प्रमुख नेपालीले बताए ।
उक्त फाईलको नगरप्रमुख नेपाली सहित नगर उप–प्रमुख करमती पुन, एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्णा राणाले छानविन तथा अनुगमन गरि रहेको छ ।