म्याग्दी २०७३ माघ २३ । बेनी–दरवाङ सडक अन्तरगत दुखु खोलामा मोटरेबल पुल जिल्ला विकास समितिले २ करोड २५ लाख ६० हजार ८२३ रुपैयाको लागतमा २२ मिटर लामो मोटरेबल पुल निर्माण सुरु भएको छ । ठेक्का सम्झौता गरेको स्वच्छन्द गौचन निर्माण सेवा जेभीले बिहीबारदेखि कार्यक्षेत्रमा काम सुरु गरेको हो । पुरानो ठेक्का रद्द र पूनसर्वेक्षण गरेर पुल निर्माण हुन लागेको हो ।
पहिलो चरणमा जग खन्ने र टाईबिम बनाउने काम सुरु भएको उहाँले बताउनुभयो । वि.स २०७४ कात्तिकमा काम सम्पन्न गर्ने लक्ष्य सहित गरि वि.स २०७३ साउन ९ गते जिविस र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । वि.स २०६७ मा सो स्थानमा मोटरेबल पुल निर्माण सुरु भएपनि डिजाईन गलत भएपछि रोकिएको थियो ।
यसैगरी शिखदेखि स्वात किन्दु जोड्ने सडक अन्तरगत पर्ने स्वाँत खोलामा ३० मिटर लामो आर्च मोडलको मोटरेबल पुल निर्माणका लागि निर्माण ब्यवसायी कार्यक्षेत्रमा परिचालन हुने तयारीमा रहेको जिविसले जनाएको छ । बेनी–दरवाङ सडक अन्तरगत फापरखेत र लाम्पाटाको पहिरो नियन्त्रणका लागि तिन करोड ९३ लाख रुपैयामा ठेक्का सम्झौता भैसकेको छ ।
यसैबीच बेनी–दरवाङ सडक कालोपत्रे सहित स्तरोन्नतीका लागि सडक डिभिजन कार्यालय बागलुङले भौतिक योजना तथा निर्माण मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पेश गरेको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) शुक्रबार स्वीकृत भएको छ ।