Sorry, that menu does not exist.
 

ताराखोलाको बराहखोला आधारभूूत विद्यालयको वार्षिकोत्सव जारी

शान्त खत्री मौसम, ताराखोला, २०७४ माघ १० । बराहखोला आधारभुत बिद्यालय ताराखोला गाउँपालिका ३ को २८ औ वार्षिकोत्सब तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र न । २ क का प्रदेश सभा सांसद चन्द्रबहादुर बुढा सागरले समुदायको लागी शिक्षा क्षेत्र अपरिहार्य रहेको बताउदै शिक्षा क्षेत्रलाई व्यबहारिक शिक्षा बनाउन दबाब दिने बताए , प्रत्यक्ष न । ४ का समानुपातिक सांसद दिपा रोकाले सधैं जनताको काम प्रति बफादारी रहन जनताले सधै घचघचाई रहनु पर्ने कुरामा जोड दिईन ।

त्यस्तै गाउँपालिका प्रमुख प्रकाश घर्तीले सामुदायिक बिधालयको शैक्षिक स्तर वृद्धि गर्नको लागी गाउँपालिकाले बिशेष छलफल चलाईरहेको बताउदै शिक्षा क्षेत्रमा छिटै परिवर्तन गर्ने कुरामा जोड दिए । अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष पदम खत्री दिवसले,सम्पूर्ण राजनीति दलको तर्फबाट राष्ट्रिय जनार्मोर्चाका डम्बर थापा, सम्पूर्ण बिद्यालयको तर्फबाट नेपाल मा बि का प्रधानाध्यापक थम बहादुर रोका, स्थानीय जनमती बगाले , बिशिस्ट चन्ददाता दुर्गा बगाले लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अवसरमा बिद्यालयका प्रधानाध्यापक झम बहादुर पुनले बिद्यालयको प्रतिबेदन प्रस्तुत गरेका थिए । हिँजा प्राथमिक तहको हाजिरीजवाफ प्रतियोगित नि मा बि को बक्तूत्वकला ,प्रा बि को बेलून फुटाई प्रतियोगिता , एकल नृत्य प्रतियोगिता संचालन भएका थियो ।

कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णलाल ढकालको अध्यक्षता शिक्षक लिलाधर कंडेलको स्वागत मन्तव्य र शिक्षक ।रनबहादुर घले गुरुङ र गीता गौतमले कार्यक्रम संचालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply