Sorry, that menu does not exist.
 

गल्कोट नगरपालिकाको ध्यान पुर्बाधार बिकासमा केन्द्रित : नगरप्रमुख गैरे

घनश्याम गौतम, गल्कोट २०७४ माघ ११ । गल्कोट नगरपालिकाले समृद्ध गल्कोट निर्माणको अभियान अन्तरगत पुर्बाधार बिकासको कार्यलाई प्राथमिकता दिएको छ । गल्कोट नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ को निति तथा कार्यक्रममा समाबेस भएका योजना अनुरुप पुर्बाधार बिकासको कार्यलाई अहिले प्राथमिकताका साथ सञ्चालन गरिरहेको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । रेडियो गल्कोट संग कुरा गर्दै नगर प्रमुख गैरेले पुर्बाधार बिकासमा पनि सडक निर्माण तथा बिस्तारकोकार्यले तिब्रता दिएको बताएका हुन् ।

गल्कोट नगरपालिकाले बिनियोजन गरेका योजनाहरुलाई प्रभाबकारी रुपमा सञ्चालन गर्नको लागी स्थलगत अनुगमनलाई समेत तिब्रता दिएको नगर प्रमुख गैरेले बताए । उनले सञ्चालित योजनाको काम प्रभाबकारी रुपमा सम्पन्न गर्न तथा आर्थिक् पारदर्शिताको लागी अनुगमन गरिएको जानकारी दिए।

गल्कोट नगरपालिकाव्दारा आर्थिक बर्ष २०७४/०७५ मा करिब ३ सय योजनाहरु स्बिकृत भएकोमा अहिले साना तथा ठुला पुर्बाधार बिकासका करिब ९० प्रतिशत करिब २ सय ७० भन्दा बढि योजनाहरुको उपभोक्ता समिति गठन भएको गलकोट नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले जानकारी दिए । उनले उपभोक्ता समिति गठन भएका योजनाको करिब ९० प्रतिशत योजनाको सर्भे सम्पन्न भएको पनि बताए । अधिकृत सुबेदीका अनुसार १ सय ७५ भन्दा बढि योजनाको स्टिमेट सम्पन्न भएको र १ सय १५ योजना सम्झौताको चरणमा रहेका छन् । सुबेदीले करिब २० प्रतिशत योजनाको पेश्की समेत बितरण भएको जानकारी दिए ।

गलकोट नगरपालिकामा सबैभन्दा बढि बजेट पुर्बाधार बिकासमा रहेको थियो । गलकोट नगरपालिकाले योजनाको कार्यलाई प्रभाबकारि रुपमा सञ्चालन गर्नको लागी उपभोक्तालाई योजना कार्यान्यन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।

गलकोट नगरपालिकाले गलकोट नगर क्षेत्र भित्र सञ्चालन गरेका कार्यक्रमहरुमा स्थानिय उपभोक्ता सक्रियताका साथ लागीरहेको बताइएको छ ।

नगरपालिकाले प्रचलित कानुन अनुसार करिब ६० लाख रुपैया सम्मका योजनाको स्टिमेट तयार पारि उपभोक्ता समिती मार्फत कार्य सञ्चालन गरिरहेको छ । केही पुर्बाधार बिकासका कार्यक्रमहरु सम्पन्न भैसकेको समेत नगरपालिकाले जनाएको छ । गलकोट नगरपालिकाले सम्पुर्ण योजनाहरु पारदर्शि र प्रभाबकारि रुपमा सम्पन्न गर्ने उत्कृष्ट उपभोक्ता समितिलाई पुरस्कृत गर्ने जनाएको छ ।।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply