Sorry, that menu does not exist.
 

जातिय संघ संगठनलाई देशको बिकास तथा पिछडिएका समुदायको उत्थानमा लाग्न गैरेको आग्रह !

राजनीति देखि अन्य कार्यमा मगर समुदायलाई पछाडी पारिएको उपप्रमुख काउचाको गुनासो !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ १३ । नेपाल मगर संघको प्रथम गल्कोट नगर अधिबेसनको उदघाटन गर्दै गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जातिय संघ संगठनलाई देश, समाज र राष्ट्रको बिकास तथा पिछिडिएका समुदायको उत्थानमा लाग्न आग्रह गरेका छन् ।

गैरेले नेपालमा प्रत्येक जात जातिका आआफनै संघ संगठन भएको हुदाँ गठित संगठनहरुले समाज निर्माणका लागी सकारात्मक भुमिका निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले स्थानिय तह देखि केन्द्रिय तह सम्म मगर समुदायको प्रतिनिधित्व कम भएको भन्दै मगर समुदाय क्रियाशील हुनुपर्ने बताईन् । उपप्रमुख काउचाले मगरहरुको बढि बाहुल्यता भएको ठाउमा कम पीडित भएको महसूस भए पनि कम बाहुल्यता भएको ठाउमा भने राजनीति देखि अन्य कार्यमा मगरलाई पछाडी पारिएको बताईन ।

कार्यक्रममा मगर संद्यका जिल्ला सदस्य शंकरप्रसाद पुन, गलकोट माद्यमिक बिद्यालयका प्रध्यानाध्यापक देबेन्द्र खत्री, गल्कोट नगरपालिका वडा नम्बर २ का सदस्य भक्त घर्ति, सोम बहादुर पुन लगायतले मन्तब्य राखेका थिए ।

गलकोट क्षेत्रमा २०६१ सालमा मगरहरुले मगरहरुलाई क्रियाशील बनाउने उदेश्यले नेपाल मगर संघ हटिया हुदै २०७१ सालमा लखन थापाको स्मृतिमा बिष्णु कुमारी राना मगरको अध्यक्षतामा गल्कोट नगरपालिका स्तरिय मगर तदर्थ समिति गठन गरिएको समितिका सचिव योगेश भण्डारीले जानकारी दिए ।
अधिबेशनले पुन बिष्णु रानाको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा पुर्ण बहादुर काउचा, उपाध्यक्षमा भिमकली श्रीस, महिला उपाध्यक्षमा कौशिला घर्ति मगर, सचिवमा योगेश भण्डारी, सहसचिवमा नर बहादुर थापा, कोषाध्यक्षमा धन माया घर्ति मगर रहेका छन् ।

समितिको सदस्यहरुमा एक बहादुर काउचा, दुर्गा थापा मगर, सोम पुन, मना थापा, दम सलामि, सुसिला आले, तोप बहादुर थापा, प्रतिमा राना, रुपा पुन, निशा श्रीस रहेका छन् ।

त्यस्तै उपप्रमुख रेनुका काउचा मगरको अध्यक्षता १० सदस्यीय सल्लाकार समिति गठन गरिएको छ । कार्यक्रममा समितिका कोषाध्यक्ष माया घर्ति मगरले १ लाख ३८ हजार २ सय ३ बराबरको आम्दानी खर्च सार्वजनिक गरेकी थिईन ।

कार्यक्रममा बिष्णु कुमारी राना मगरको अध्यक्षता, कौशिला घर्ति मगरको स्वागत मन्तब्य र योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख र उपप्रमुखलाई मायाको चिनो प्रदान गरिएको समितिले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply