बागलुङ जिल्लामा किवी खेती गर्न थालेको धेरै वर्ष भएको छैन । जिल्लामा यसको खेतीको सुरुवात सँगै किसानहरुमा यसप्रति आकर्षण भने बढेको पाईएको छ । अहिले औँलामा गन्न सकिने किसानहरुले व्यवसायिकरुपमा किवी खेती गरेका छन् ।
कृषक राजेन्द्र पुन र कृषि प्रसार अधिकृत बिप्लव अधिकारी, जिकृविका, बागलुङ ।
जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषि प्रसार अधिकृत बिप्लव अधिकारीका अनुसार जिल्लाको बुर्तिवाङ गाविसमा राजेन्द्र पुन, दुदिलाभाटी गाविसमा गुमानसिँह खत्री, ग्वालिचौर गाविसमा मेहरसिँह पाईजाले व्यवसायिक रुपमै किवी खेती सुरु गरेका छन् ।
अधिकृत अधिकारीले यी गाविसहरु बाहेक हिल, बागलुङ नगरपालिका, मालिका, भकुन्डे लगायतका गाविसका किसानहरुले पनि किवी खेती गर्न सुरुगरिसकेको जानकारी दिए ।
बुर्तिवाङ गाविस- ६ पुर्कोट गाउँ ।
उनले कार्यालयबाट किसानहरुलाई किवीको विरुवा निशुल्क उपलव्ध गराईदै आएको बताउदै हालै मात्र २ हजार किवीको विरुवा किसानहरुलाई वितरण गरिएको जानकारी दिए । जिल्लाभर करीब ५० हेक्टर जमिनमा किवी खेती गरिएको कृषि प्रसार अधिकृत अधिकारीको अनुमान छ ।
बुर्तिवाङ गाविस ६ पुर्कोटका किसान राजेन्द्र पुन किवीको रुखहरुमा फल लाग्न थालेपछी निकै खुसी छन् । उनले यस व्यवसायलाई बिस्तार गर्दै लैजाने पनि बताए । दुदिलाभाटीका किवी किसान गुमानसिँह खत्रीले पनि यसबाट आफु सन्तुष्ट रहेको बताउछन् । चाँडो प्रतिफल पाईने हुनाले किवी खेती गरेको उनिहरुको भनाई छ ।
किवीको दाना, पुर्कोट, बुर्तिवाङ ।
* किवीलाई यार्सागुम्बा र ग्यामोडार्मा च्याउ जस्तै शक्तिबर्धक मानिन्छ । किवीको बजार मुल्य प्रतिकेजी ५ सय रुपैँयाभन्दा बढी छ । किवीलाई शक्ति बद्र्धक र क्यान्सरको औषधि मानिन्छ । किवीबाट रक्सी, ब्राण्डी, वाइन, जेली, वियर, जुस, जाम आदि बनाउन सकिन्छ । फल बाहेक किवीको जाम, जुस, जेली, वाइन, मासु ‘सफेनिङ्ग’ र कस्मेटिक सामग्री बनाउन सकिन्छ सकिन्छ । किवी लगाएको पाँच वर्ष पछी फल दिन थाल्ने र एउटै बोटमा एक क्विन्टल सम्म फल लाग्ने र १५ हजार आम्दानी गर्न सकिने हुँदा यस खेती प्रति किसानहरु आकर्षित बनेका हुन् । किवीलाई जापानबाट ‘किवी’ चराले चीन, नेपाल र न्युजिल्याण्ड र्पुयाएको मानिन्छ ।
(बुर्तिवाङ- ६ पुर्कोटमा किवीका तस्वीरहरु ।)
तस्वीर- किरण आचार्य, इबागलुङ ।