Sorry, that menu does not exist.
 

‘प्रिय कविता’

प्रिय कविता तिमी मेरो जिन्दगीको सहयात्री बनेर आऊ
म यी भावनाका कुराहरु
यी चाहनाका कुराहरुलाई
अक्षर र शव्दहरु टिपेर
एऊटा धागोमा उनेर माला बनाऊँछु
जसले सिङ्गो इतिहास बनाओस्….!
प्रिय कविता आऊ
मेरो जिन्दगीको प्रिय बनेर आऊ
हाँस्दा हाँसिदेऊ
रुँदा रोईदेऊ
म यीनै संवेगहरुलाई फेरी अर्को धागोमा उन्ऩ सकुँ
अर्को माला बुन्ऩ सकुँ
युगौँ युग तिमिलाई नै सहयात्री चुन्ऩ सकुँ
प्रिय कविता।
प्रिय कविता आऊ
म छन्दको छहारीमा बसेर सुसेली हाल्नेछु
तिमी हरफमा वहेली खेल्दै मुस्कुराऊँदै आऊ
म गद्दमा उभिएर चिच्याऊनेछु
तिमी माघुर्य लय बनेर नाच्दै आऊ
अपच्य वर्तमान समसामयिकता माथि असन्तुष्टी र रोषब्यक्त गर्दै,
विद्रोह गर्दै
अमुर्त भएर आऊ
भावपुर्ण भएर आऊ
विम्ब र प्रतिकहरुको कुम्लो बोकेर आऊ
मेरो बाहिरी आवरणिय यो सान्ऩटामय जिन्दगीमा आँधि तुफान र ज्वालामुखीको विस्फोट गराएर आऊ
प्रिय कविता।
आऊ प्रिय कविता यो घायल जिन्दगीका अछरल्ल यात्राहरु लाई गन्तव्य भेटाईदेऊ
मनको कुनामा मुर्छा खाएर ढलेका
तिरस्कारको रापले जलेर पछारिएका जिन्दगी र भविष्यका मृगतृष्णाहरुलाई
सुधापान गराएर मेटाईदेऊ प्रिय कविता।
प्रिय कविता आऊ
मेरो जिन्दगीको सहयात्री बनेर आऊ
म यो जिन्दगी तिमीलाई नै सुम्पिसकेको छु
यो मनमा तिमीलाई नै अटाईसकेको छु
यो मस्तिष्क
यो मन
यो मुटु
यो धड्कनमा तिमिलाई नै बसाईसकेको छु
त्यसैले
प्रशन्ऩ भएर आऊ
खुशी भएर आऊ प्रिय कविता।
प्रिय कविता तिमी आऊ

परम्परागत मान्यता र कुसंस्कारको
कटु व्यङ्ग्य गर्नेछु
विरोध गर्नेछु
तिमी सँगै ज्यूनेछु तिमी सँगै मर्नेछु
कविता तिमी सँगै सम्बन्ध स्थापित गरी
गर्भधारण गरेर
नयाँ र सुहाऊँदा मान्यताहरुको जन्म दिएर
कालजयी रुपमा छुट्टै युगको विगुल फूकाईदिने छु।
प्रिय कविता आऊ
तिमी मेरो जिन्दगीको सहयात्री बनेर आऊ
म जिन्दगीको अग्नियात्रामा होमिएको छु
अहँ
रोकिने छैन केहि गरी
तिम्रो साथ नितान्त रहनेछ
म उन्ऩेछु यात्राका ती हरेक पलहरुलाई
एऊटा धागोमा बुन्ऩेछु
जो इतिहास बन्ऩेछ तिम्रो अनि मेरो
प्रिय कविता… ।
प्रिय कविता आऊ मेरो जिन्दगीको सहयात्री बनेर आऊ…!

-np घायल, लिमिठाना पर्वत।

Chat Conversation End

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply