बुर्तिवाङ २०७४ माघ १८ । तमानखोला गाउँपलिकाको बोंगाखानीमा आज एक कार्यक्रकाबीच सामुदायिक स्वास्थ्य इकाई उदघाटन गरिएको छ ।
स्वास्थ्य इकाईको उदघाटन गर्दे तमानखोला गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि जोकलाल बुढाले स्वास्थ्य इकाई स्थापना पछि तमानखोलाको दुर्गम वस्तिका जनतामाझ स्वस्थ्य सेवाको पहुँच पुग्ने बताए ।
बोंगाखानी, पहिराटोल र सेननाम लगायतका क्षेत्रबाट हालको बोंगादोभान स्वास्थ्य चौकीसम्म आइपुग्न २ घण्टादेखि डेडघण्टासम्म समय लाग्ने स्थानमै स्वास्थ्य इकाई स्थापना गरिदिएपछि स्थानीयहरु समेत खुसी भएका छन् ।
उक्त स्थानमा स्थापना भएको स्वास्थ्य इकाईमा ३ जना स्वास्थ्य कर्मीले सेवा दिनेभएका छन् । जनताको स्वास्थ्य सेवामा प्रभावकारी र उत्कृष्ठ सेवा दिन समेत गाउँपालिकाका अध्यक्ष बुढाले निर्देशन दिएका छन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मानसरी शेरचन, प्रमुख प्रशासकीय अधिकृत खीम विश्वकर्मा, लेखापाल यामबहादुर थापा, जिल्ला समन्वय समितिका सदस्य झकबहादुर विक, बोंगादोभान स्वास्थ्य चौकी ईञ्चार्ज राजन थापा अहेव टोपबहादुर गुरुङ, सामुदायिक स्वास्थ्य प्रमुख गरिमा हर्मेल, नेपाली काँग्रेसका खगेन्द्र पुन, माओवादी केन्दैका सूर्य सिर्पाली स्रोत व्यक्ति बेदबहादुर बुढा, वडा नागरिक मञ्चका लालबहादुर छन्त्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्थानीय समाजसेवी हिरादेवी विश्वकर्माको अध्यक्षता, मंगला आधारभुत विद्यालयका प्रधानाध्यापक लिलबहादुर छन्त्यालको स्वागत मन्तव्य तथा शिक्षक देवबहादुर विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको सरिता गोतामेले जानाकारी दिएकी छिन् ।