महेश खत्री, भिमगिठे २०७४ माघ १८ । बडीगाड गाउँपालिका—७, भिगगिठे स्थित भिमगिठे माध्यमिक विद्यालयमा आज स्रोत केन्द्र स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतिभाको खोजी र प्रस्फुटन ः शैक्षिक गुणस्तरमा हाम्रो अभियान भन्ने मुल नारा सहित आयोजना गरिएको उक्त प्रतियोगितामा भिमगिठे स्रोत केन्द्र अन्तरगतका ४ विद्यालयका ७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
आधुनिक कृषि प्रणालीमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा भिमगिठे माविका समिक्षा घर्ति प्रथम, सिद्ध मावि दर्लिङका गोकर्णराज थापा द्वीतीय, बुद्ध मावि खालका पुष्पा लम्साल तृतीय र भिमगिठे आदर्श एकेडेमीका विश्वास थापाले सान्त्वना स्थान हाँसिल गरेका छन् ।
बराह भेटनरी फार्म तथा कृषि विउ सेवा केन्द्रका प्रवन्ध निर्देशक प्रस्ताव केसी (सन्दिप) को अध्यक्षता रहेको कार्यक्रममा भिमगिठे स्रोत केन्द्रका स्रोत व्यक्ति चिरञ्जिवी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै स्रोत व्यक्ति पौडेलले विद्यार्थीहरुको आन्तरिक क्षमताको उजागर गर्नको लागि यस्ता अतिरिक्त क्रियाकलापहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै विद्यार्थीहरु कितावी ज्ञानमा मात्र सिमित नभएर आफ्नो ज्ञानलाई फराकिलो बनाउन सिर्जनशिल बन्नुपर्ने धारणा राखेका थिए ।
त्यस्तै कार्यक्रममा बडिगाड गाउँपालिका—७ का वडा अध्यक्ष कृष्ण गुरुङ, बडीगाडा गाउँकार्यपालिका सदस्य मिना रायमाझी, सिद्ध मावि दर्लिङका प्रध्यानाध्यापक पुरुषोत्तम चालिसे, माई स्थान प्राविका प्रध्यानाध्यापक भिमप्रसाद गौतम लगायतको आतिथ्यता रहेको थियो ।
बराह भेटनरी फार्म तथा कृषि विउ सेवा केन्द्रको आयोजना तथा भिमगिठे माविको सहआयोजना रहेको प्रतियोगितालाई दिनेश शर्मा, रणसिङ पशुस्वास्थ्य प्राविधिक सुनिल पौडेल र भिमगिठे स्वास्थ्य चौकीका अहेव तुलसी बुढाले सहजिकरण गरेका थिए ।
कार्यक्रम भिमगिठे माविका प्रध्यानाध्यापक सागर खरेलको स्वागत मन्तव्य र शिक्षक जीतबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।