Sorry, that menu does not exist.
 

स्थानीय तहको विकासका लागि क्षेत्रगत विकास योजनामा जोड
काठेखोला गाउँपालिकाको दीगो विकास गुरुयोजना निर्माण गरिने !

बागलुङ, २०७४ माघ १९ । स्थानीय सरकारले दीगो विकासका लागि स्थानीय तथा क्षेत्रगत विकास योजनामा जोड दिनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

काठेखोला गाउपालिकाले बिहीवार आयोजना गरेको गाउँपालिकाको दीगो विकास गुरुयोजना निर्माण सम्बन्धी प्रारम्भिक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

विगतमा पहुँच तथा प्रभावका आधारमा र स्थानीय आवश्यकतालाई वास्ता नगरी विकासको खाका अगाडि बढाएका कारण सोचे जति विकास नभएको भन्दै सहभागीहरुले दीगो विकासका लागि गुरुयोजनामा आधारित वार्षिक योजना, सूचना तथा तथ्यांकको अधिकतम उपयोग, विकासको इकाई घरधुरी तथ्यांकको उपयोग सहित विकासमा अग्रसरता आवश्यक रहेको बताएका हुन् ।

गाउपालिकाको कार्यलाई ब्यवस्थित रुपमा अगाडि बढाउने र हरेक पक्षमा कार्य सम्पादन गर्न सहज बनाउने उदेश्यले काँठेखोला गाउपालिकाले दिगो विकास गुरु योजना निर्माणको कार्य अगाडि बढाएको हो ।
अन्तरक्रियामा बन अनुसन्धान तथा सर्वेक्षण विभागका डा. केशवराज गौतमले सहजीकरण गर्दै योजनावद्ध कार्यबाट मात्रै दीगो विकास संभव रहेको बताए ।

दिगो विकासको अवधारणा बारेमा जानकारी गराउदै डा. गौतमले ५ वर्षे र २० वर्षे गुरु योजना निर्माण गरी अगाडि बढ्दा हुने फाईदा र सकारात्मक पक्षका वारेमा बताए । उनले पहिलो ५ वर्षका लागि लागत अनुमान सहितको विस्तृत कार्ययोजना र २० वर्षका लागि सामान्य योजना आवश्यक रहने धारणा राख्दै त्यसका लागि सवै पक्षलाई समटेर गुरु योजना तर्जुमा गर्नु पर्नेमा जोड दिए ।

गाँउपालिकाका अध्यक्ष अमर थापाले स्थानीय तहमा आफ्नो गाँउपालिकालाई नमुनायोग्य बनाउने र स्थानीयको आयमा वृद्धि गरी मानकसुचाँकमा माथि पुराउनका लागि दिगो विकासका लागि गुरु योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताए ।

कार्यक्रममा गाँउपालिकास्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षा, स्वास्थ्य, सञ्चार, सहकारी क्षेत्रका अगुवाहरु, कार्यपालिका सदस्यहरु, कार्यालयका कर्मचारीहरुको सहभागिता थियो । कार्यपालिकाका अध्यक्ष अमर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यपालिकाका सदस्य टिका संगम विक र स्वागत प्रमुख प्रशासकीय अधिकृत सीतादेवी न्यौपानेले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply