Sorry, that menu does not exist.
 

तमानखोला गांउपालिकामा एक बासिन्दा, एक खानेपानी धारा र सुधारिएको चुलोबाट लाभान्बित

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ माघ १९ । बागलुङ जिल्लाको तमानखोला गांउपालिका वडा नं १ को स्याउला भन्ने स्थानमा एकघर एक खानेपानी धारो निर्माण र सुधारिएको चुलो प्रयोग कार्यक्रम सुरु भएको छ ।

एग्रिकल्चर एड एसोसियसन ब्रिटिस गोर्खा कादुरी नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सेउलाका १ सय २२ घरधुरी बस्तिमा एकघर एकधारा अभियान अन्र्तगत खानेपानी ब्यबस्थापन र स्थानीय ८५ घरधुरीमा सुधारिएको चुलो जडान कार्यक्रम जारी रहेको छ ।

गांउमा पुर्णरुपमा खानेपानीको सुबिधा पुर्याउन र धुंवा रहित सुधारिएको चुलो प्रयोगमा अगाडि बढाउने उदेश्य सहित उतm कार्यक्रम जारी रहेको खानेपानी निर्माण समितीका अध्यक्ष दलप्रसाद पुनले बताए । पुन लगाएत क्याप्टेन कुलप्रसाद पुन र देबेन्द्र घर्ति लगाएतको पहलमा उतm संस्थाले गांउमा खानेपानी र निशुल्क सुधारिएको चुल्हो निर्माण कार्यक्रमलाई अगाडि बढाईएको हो ।

गांउमा खानेपानीको चरम अभाब भईरहेको अबस्थामा गांउदेखि २२ सय मिटर टाढा रहेको चेनबाङ खोला मुहानबाट पाईपको माध्यमबाट गांउमा खानेपानी ल्याईएको छ । स्थानीय १ सय २२ घरधुरीमा एक घर एक धारा अभियान अन्र्तगत सबैघरमा धारा निर्माण गरी खानेपानीको टेस्टिङ समेत सम्पन्न भईसकेको छ ।

गत कार्तिक १० गतेदेखि सुरु भएको खानेपानी आयोजनाको निर्माण अभियान फागुन २८ सम्म पुरा गर्ने लक्ष्यका साथ काम भईरहेको र अब प्रत्यक घरमा पानी रिडिङ मिटर जाडानको काम बांकी रहेका कारण निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुने भएको हो ।
आयोजना सम्पन्न भईसकेपछि स्थानीय बासीले प्रशस्त मात्रामा खानेपानीको प्रयोग गर्न र तरकारी बारीमा समेत सिंचाई गर्न पाउने भएका छन् ।

त्यस्तै कादुरी एग्रिकल्चर एड एशोसियसन ब्रिटिस गोर्खा नेपालकै आर्थिक तथा प्राबिधिक सहयोगमा सोहि गांउका ८५ घरधुरीमा निशुल्क सु्धारिएको चुलो बितरण संगै जडान कार्यक्रम बिहिबारदेखि सुरु भएको छ । दुईजना प्राबिधिकको समेत सोहि संस्थाले ब्यबस्थापन गरीदिएपछि स्थानीयले घरघरमा सुधारीएको चुलो जडानमा जुटेका हुन् । दलीत र जनजाती समुदायको उतm स्थानमा बसोबास रहंदै आएको समितीका अध्यक्ष दलप्रसाद पुनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply