धनबहादुर महत, बुर्तिबाङ २०७४ माघ २१ । ढोरपाटन नगरपालिका—२, बुर्तिबाङमा रहेको भुजिखोला छैठौं लघुजल विद्युत आयोजनाको आम भेला सम्पन्न भएको छ ।
भेलाले आयोजनाको स्थापना कालदेखि मुख्य अपरेटरको रुपमा कार्यरत स्वर्गिय अपरेटर चित्रबहादुर थापाको परिवारलाई जीवन विमावापतको एकलाख रुपैयाँ दिने कार्य समितिको निर्णय अनुमोदन गरेको छ । थापाको केही दिन पहिले विद्युत गृहबाट घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो ।
साथै भेलाबाट निजको स्थानमा स्वर्गिय थापाको सुपुत्र गोविन्द बहादुर थापालाई अपरेटरमा नियुक्ति गर्ने निर्णय भएको छ । साथै भेलाकै अवसरमा आर्थिक आय व्ययमा घुम्तिकोष र बैंक मौज्दात गरि जम्मा १० लाख ४४ हजार ३ सय १९ रुपैयाँ बराबरको हिसाव सार्वजनिक भएको बताइएको छ ।
आयआर्जन मुलक घुम्तिको परिचालनमा अनियमितता भएको कारण आगामी माघ २३ गतेबाट घुम्तिकोष परिचालनमा इमान्दार जमानत र जग्गा धनि प्रमाण पुर्जाको आधारमा कोष परिचालन हुने अन्यथा कोष परिचालन गर्न नसकिने समेत निर्णय गरेको गरिएको छ । आयोजनाबाट करिब २ सय घरधुरी लाभाम्वित भएका छन् ।
भेलाको अध्यक्षता आयोजनाका अध्यक्ष तमबहादुर घर्ती मगर र र सञ्चालन सचिब धनबहादुर महतले गर्नु भएको थियो ।