Sorry, that menu does not exist.
 

गल्कोट हटियामा जिम हल : स्वस्थ्य जीवनका लागी फिट्नेस सेन्टर सन्चालन गर्नु प्रशंसनीय-भण्डारी

घनश्याम गौतम, गल्कोट २०७४ माघ २२ । गल्कोट नगरपालिका-३ क्याम्पस रोडमा सोमवार देखी जिम हल सञ्चालनमा आएको छ । उक्त जिम हलको आज गल्कोट नगरपालिका ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले रिवन काटेर उद्घाटन गदैं स्वस्थ्य जीवन शैलीको लागी यस्ता प्रकारका फिट्नेस सेन्टर आवश्यक रहेको अवस्थामा आर जे फिट्नेश सेन्टर सन्चालनमा ल्याउनु प्रशंसनीय भएको बताए ।

वडाध्यक्ष भण्डारीले गल्कोटका युवा बिदेशीरहेको अबस्थामा पछिल्लो समय राज्यको पुनर्संरचना सगैं स्थानिय निकाय, प्रदेशसभा तथा प्रतिनिधी सभाको निर्बाचन पश्चात युवाहरुको रोजाई बिदेश भन्दा स्बदेशमै सानो ठुलो ब्यबसाय सञ्चालन गर्ने रहेको बताए ।

वडाध्यक्ष भण्डारीले आफ्नै ठाउँमा ब्यवसाय सञ्चालन गर्नु आफैमा सुखद रहेको बताउदै तत्काल यस्ता ब्यवसाय नाफाभन्दा सेवा मुखी हुनुपर्ने बताए ।
पछिल्लो चरण युवालाई बिदेश पलायनबाट रोक्नको लागी पनि स्वदेशमा ब्यवसाय तथा ब्यापार गर्ने वातावरण निर्माण गनुपर्नेमा उनको जोड थियो ।
गल्कोटको हटिया बजारमा सञ्चालनमा आएको आरजे जिम हल सञ्चालन गर्न करिब २५ लाख रुपयाँ खर्च भएको सञ्चालक जिम इन्सट्रक्टर आर जे साहानीको भनाई छ ।

गल्कोट नगरपालिका वडा नम्बर ३ ढलेपिपल निवासी साहानीले भारतमा पनि केही बर्ष देखी जिम हल सञ्चालन गर्दै आईटि इन्जीनियर साहानीले गल्कोटमा पहिलोपटक सञ्चालनमा ल्याएको जिम हल सेवामुखी रहने स्पष्ट पारे ।

स्थानिय दिपक बोहोरा क्षेत्री र डम्मर अधिकारिको सहयोगमा जिम हल सञ्चालनमा ल्याएका सहानीले बिहान ५ बजेदेखी ९ बजे सम्म दिवा ३ बजेदेखी राति ९ बजेसम्म सञ्चालन हुने जानकारी दिए।
जिम हलमा राखिएका सामाग्रीहरु महिला, पुरुष दुवैलाई सहज हुने गरि ब्यवस्थापन गरिएको छ । हलमा शरीरको तौल घटाउन रबढाउन, शरीर तन्दुरुस्त तथा स्फुर्त राख्नको लागी सहजता मिल्ने लक्ष्यका साथ फिट्नेसका समाग्रीहरु राखिएको वोहोराले जानकारी दिए । वोहोराले अहिले मासिक २ हजार रुपैया शुल्कमा सहभागी हुन सकिने बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply