Sorry, that menu does not exist.
 

गल्कोटबाट आयो यस्तो खबर : गनपाका कृषकले गोलभेडा बेचेरै कमाउछन् रू २ करोड ३१ लाख !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ २३ । गल्कोट नगरपालिका क्षेत्र भित्र रहेका १६ प्रतिशत कृषकहरुले गोलभेँडा खेतीबाटमात्र वार्षिक २ करोड ३१ लाख आम्दानी गर्छन् । गल्कोट नगरपालिकाको कृषि शाखा प्रमुख डी एन दाहालले दिएको जानकारी अनुसार गल्कोट नगरपालिका भित्र एक बर्षमा सो मात्रामा गोलभेडा उत्पादन हुने गरेको छ । यहाँ करिब २ सय १८ ओटा टनेल छन । एउटा टनेलमा २ सय देखि ५ सय सम्म बिरुवा रोप्ने गरिएको छ । १ बिरुवा बराबर १० केजी सम्म उत्पादन हुने गरेको गर्छ ।

प्राविधिक दाहालले नगरपालिका भित्रका करिब १५ प्रतिशत कृषकले गोलभेडा खेतिबाट राम्रो आम्दानी गर्दै आईरहेको ईबागलुङलाई बताए । कम लगानी र सरल तरीकाबाट साँझ बिहानको मेहनतले मात्र गोलभेडा खेती गर्न सकिने भएकाले यो खेती तर्फ गलकोटका किसान बढी आकर्षित हुन भन्ने उनको ठहर छ ।

दाहालको भनाईमा विश्वास गर्ने हो भने एक बर्षमा एउटा टनेलबाट करिब ९६ हजार रुपयाँ बराबरको गोलभेँडा उत्पादन गर्न सकिन्छ ।

गल्कोट क्षेत्रका प्रत्येक वडामा उत्पादन हुने गोलभेडा खेती नजिकैको ठाउँहरुमा बिक्री वितरण हुनुको साथै थोरै मात्रमा बागलुृङ, पोखरा लगायतका ठाउँमा बिक्री हुने गरेको हटियाका कृषक गुमानसिह खत्रीले बताए । शुरुमा गोलभेँडा खेती सुरु गरेँ, खत्रीले भने त्यसबाट राम्रो प्रतिफल दिएपछि अरु किसानले पनि शुरु गर्नुभयो ।”
उनको फर्ममा मुख्य गरी गोलभेँडासँगै काउली, बन्दागोभी, सिमी, बोडीलगायत मौसमी÷बेमौसमी तरकारी बाली उत्पादन हुने गरेको छ ।

नगरपालिका भित्रका ११ वडाहरु गोलभेडा उत्पादनबाट आत्मनिर्भर बनेका छन । वडा नम्बर ७ मल्म बरेखानीलाई सबैभन्दा बढि गोलभेडा उत्पादन क्षेत्रको रुपमा लिने गरिएको कृषि प्राविधिक दाहालको भनाई छ ।

बरेखानीका करिब १२ प्रतिशत कृषकहरुले गोलभेडा खेतिबाटै लाखौ आम्दानी गरेका छन । गल्कोटमा कृषकहरुले पुर्खाको पालाबाट परम्परागत खेतीलाई जोड दिँदै आएका छनं, तर परम्परागत खेती धान, मकै, गहुँ, कोदोबाट बढी आम्दानी नहुने कारणले परम्परा खेतीलाई तोड्दै व्यवसायिक गोलभेडा खेती धेरैले गरेको कृषि सेवा केन्द्र हरिचौरले जनाएको छ ।

पछिल्लो समय गल्कोट क्षेत्रका कति बराबरको गोलभेडा उत्पादन हुन्छ भन्ने प्रश्नमा दाहालको उत्तर थियो, गल्कोट क्षेत्रको हटिया, हरिचौर, मल्म, दुदिलाभाटी, काडेबास, नरेठाटी लगायतका क्षेत्रमा गोलभेँडा (टमाटर) खेति राम्रो हुने गरेको छ । त्यस्तै पछिल्लो समय पाण्डवखानीमा पनि गोलभेडा खेतितर्फ किसानको आकर्षण बढिरहेको छ । सो वडा आफैमा आत्मनिर्भर बनेको दाहालले बताए ।

त्यस्तै वडा नम्बर ११ रिघामा उत्पादन हुने टमाटर गुल्मी जिल्लाका बजारमा खपत भईरहेको प्राविधिक दाहाले जानकारी दिए । पछिल्लो समय गलकोटको बजारमा गोलभेडाको माग पनि उत्तीकै रुपमा बढेको छ, उनले थपे ।

गोलभेडा दैनिक रुपमा अचार, सलाद र काँचै पनि खाने गरिन्छ । यसबाट पर्याप्त मात्रमा भिटामिन सी पाइने भएकाले पनि यसको महत्व बढेको पाइन्छ । गोलभेडा खेतीलाई एक पटक लगाए पछि निरन्तर रुपमा लामो समयसम्म टिपिरहन पाइने भएको र काम गर्न खासै झन्झट नहुने हँुदा कृषकहरु यस खेति तर्फ आकर्षित भएका हुन दाहालले भने ।

गोलभेडा किसानका अनुसार गोलभेडा वर्षमा दुई पटक राम्रोसँग गर्न सकिन्छ । चैत महिनादेखि मंसिर महिनासम्म बेमौसमी गोलभेडा खेती गर्न सकिन्छ भने अन्य सिजन गोलभेडाको सिजन मानिन्छ । ‘गोलभेडा खेती सबै प्रकारको माटोमा हुन्छ तर सकभर मलिलो पानी लाग्ने र दोमट किसिमको माटो भएको जमिन उपयुक्त मानिने कृषि प्राविधिक दाहालको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply