कमल पौडेल, बागलुङ(खर्वाङ) २०७४ माघ २४ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रवाट पहिलो पटक राष्ट्रिय सभामा प्रतिनिधित्व हुने भएको छ । आज भएको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नं. ४ वाट महिला तर्फ बडीगाड गाउँपालिका २ सिमलचौर की शान्ति कुमारी जिसी अधिकारी विजयी भएसंगै पहिलो पटक प्रतिनिधित्व भएको हो।
विद्यार्थी समय देखि नै राजनीतिमा लागेकी अधिकारी २०७० को निर्वाचनमा नेकपा एमालेको तर्फवाट संविधान सभाको उमेद्वार समेत भएकी थिईन् । नेकपा एमाले जिल्ला कमिटि बागलुङको सचिवालय सदस्य रहेकी अधिकारी महिला अधिकारको क्षेत्रमा समेत संग्लग्न रहेकी छिन् ।
त्रिभुवन मावि खर्वाङको शिक्षक पदबाट निवृत्त भएकी अधिकारी दिदी वहिनी वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, अल्पकालीन महिला संजाल खर्वाङको अध्यक्ष, रेडियो सारथी १०७.४ मेघाहर्जको संचालक समिति सदस्य लगाएत दर्जन संस्थाहरु संग संग्लग्न रहँदै आएकी छन् ।
यता अधिकारीको विजयी संगै पश्चिम बागलुङको राष्ट्रिय सभामा प्रतिनिधित्व भएको भन्दै स्थानियले खुसि व्यक्त गरेका छन्। अधिकारीको गृह स्थानमा रहेको नेकपा एमाले वडा संगठन कमिटी बडीगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष दिन वहादुर केसीले अधिकारीको प्रतिनिधिले बागलुङ पश्चिमकै प्रतिनिधित्व गरेको वताए ।
यसैवीच प्रदेश नम्वर ४ को पछिल्लो नतिजा अनुसार बागलुङका माओवादी नेता दीनानाथ शर्मा र पर्वतका एमाले नेता गणेश तिमिल्सिना राष्ट्रिय सभामा निर्वाचित भएका छन् ।