Sorry, that menu does not exist.
 

मानव तस्करी के हो ? मानव तस्कर को हुन् ?

खिमलाल बुर्तिवाङ
नेपालको सन्दर्भमा बैदेशिक रोज़गार सम्बन्धि ऐन २०४२, संसोधित ऐन २०६४ लगायत बिभिन्न रास्ट्रिय तथा अन्तराष्ट्रीय कानुन बिपरित पैसा लिएर वा नलिएर होस बिभिन्न बाहानामा ( बैदेशिक रोज़गार, यौन ब्यापार, जबरजस्ति काममा लगिने आदि) एक ठाउँबाट अर्को ठाउँ (देशीय वा अन्तरदेशीय) मा गरिने मानब ओसार भन्ने बुझिन्छ ।

यस्ता काममा पैसाको लेनदेन हुने भएकोले यसलाई मानब बेचबिखन पनि भनिन्छ ।

सरकारले श्रम तथा बैदेशिक रोज़गार बिभागको अनुमति बिना यस किसिमको कार्य गर्न बर्जित गरेको छ । बिभागले नियमानुसार आएको निबेदनलाई होलोग्राम भएको स्टीकर प्रदान गरी स्वीकृति दिने गरेको छ । सो स्टीकर बिना सेटिंग मार्फत नेपाल एयरपोर्ट र भारत लगायत अन्य मुलुक भएर बिदेश आउनु ग़ैर कानुनी हो । यो नै मानब तस्करी हो ।

यो बिश्वब्यापी समस्या रहेको छ । अहिले यूरोप र अमेरिकाको टाउको दुखाईको बिषय पनि यही छ । खाडीमा भने दलालहरुले सेटिंग मार्फत भिजिट भिसामा हाउस मेड र अन्य कामदार पठाउने गरेका छन् र उनीहरु मालिकद्वारा प्रताड़ित हुने गरेका छन् । सरकारसँग कुनै रेकर्ड नहुने हुनाले उनीहरुको उद्दारमा कठिनाई हुनेगरेको छ ।

के सबै बैदेशिक रोज़गार ब्यवसायी तस्कर हुन् ?

हैनन् । बैदेशिक रोज़गार ऐन अन्तर्गत नेपाल सरकारको कानुन शिरोधार्य गरी गरिने ब्यापार ब्यापार नै हो तस्करी हैन । उनीहरुले कानुनत कम्पनी दर्ता गरेका हुन्छन् । ब्यवसायी हुन्। कुल जीडिपीको ३१ प्रतिशत जीडीपी रेमिटेन्स रहेको हाम्रो देशमा उनीहरुको भुमिका पनि अहम छ । तर नेपाल सरकारलाई छलेर यो ब्यवसाय गर्ने ब्यक्ति चाँही मानब तस्कर नै हुन् ।

यस्तो कार्यमा संलग्न ब्यक्तिलाई मानब तस्कर भनिन्छ । उ समाजको धमिरा हो, अपराधी हो । मान्छे बेचेर भात खान पल्केको मानब रुपी दानब हो । पशु हो । उनीहरुमा दया, माया हुन्न । मानबता मरेको हुन्छ । जिबित मुर्दा उही हो ।

मानब तस्करलाई कस्तो कानुन आवश्यक छ ?

मानब बेचबिखन कार्यमा संलग्न ब्यक्तिलाई ३ वा ५ बर्ष जेल सजाय काफी छैन । उसलाई आजिबन कारावास र ठुलो मात्रामा क्षतिपुर्ती भराई पिडितलाई न्याय दिलाउनु पर्दछ ।

र, मानब तस्करीमा संलग्न सरकारी कर्मचारीको पहिचान गरी मानब बेचबिखनमा संलग्न रहेको आधारमा उसलाई पनि मुख्य तस्कर बराबरको सजाय र फेरी कुनै पनि सरकारी काममा अयोग्य देशद्रोही घोषणा गरिनु पर्दछ । राज्यबाट उपलब्ध सबैसुबिधा र राहदानीबाट बंचित गरिनु पर्दछ । जेलबाट छुटेपछि पनि यूरोप अमेरिकामा जस्तै खुट्टामा चीप्स राखी निगरानी गरिनु पर्दछ ।

लेखक, पत्रकार महासंघ युएई शाखाका महासचिब हुन् |

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply