Sorry, that menu does not exist.
 

बिद्यार्थीलाई सहि तरिकाले शिक्षा दिन सके समाजमा परिवर्तन आउछ

गुमानसिँह भण्डारी गल्कोट २०७४ फागुन ९ । गल्कोट नगरपालिका १ का अध्यक्ष नेत्र बुढाथोकीले बिद्यार्थीलाई सहि तरिकाले शिक्षा दिन सके समाजमा परिवर्तन आउछ भनि बताएका छन् । सिरबारे प्राथमकि बिद्यालय गल्कोट नगरपालिका १ दुदिलाभाटी सिरबारेको रजत जयन्ति तथा २५ औ बार्षिकोत्सब कार्यक्रममा बोल्दै बुढाथोकीले यस्तो बताएका हुन् ।

उनले समाज परिवर्तनका लागी शिक्षक र अभिभावकले बिद्यार्थीहरुको सिकाई क्षमता मापन गरेर सोहि अनुसारको शिक्षा प्रदान गनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय अग्रेजी माद्यमको शिक्षाप्रति अभिभावकको चासो बढ्न थालेपछि सामुदायीक बिद्यालयहरुमा बिद्यार्थी संख्या कम हुदै गएको भन्दै सामुदायीक बिद्यालयले पनि शिक्षा क्षेत्रलाई फराकिलो बनाउनुपर्ने बताए ।

सो अवसरमा बुढाथोकीलाई टिका र माया सहित सम्मान पत्रद्धारा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा चौराह माध्यमिक बिद्यालयका पुर्ब प्रधानाध्यापक केशब श्रीस्, सिरबारे प्राथमिक बिद्यालयका पुर्ब प्रधानाध्यापक तारा बहादुर बिक, दिल प्रसाद पुन, लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

बिद्यालयका पुर्व प्रध्यानाध्यापक दिलप्रसाद पुनले बिद्यालयका बिद्यार्थीहरुलाई १, १ थान कापि र कमल प्रदान गरेका थिए ।

बिद्यालयले मंगलबार आमा समुह बिचको सामुहिक लोक गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । रजत जयन्ति कार्यक्रम सफल पार्नका लागी बिद्यालयलाई बिभिन्न क्षेत्रबाट सहयोग आउने क्रम चलिरहेको बिद्यालयका प्रध्यानाध्यापक धन बहादुर पुनले बताए ।
कार्यक्रम सिरबारे प्राथमिक बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष मिनबहादुर बुढाथोकीको अध्यक्षता, शिक्षिका पबित्रा पुनको स्बागत मन्तब्य र ईरा श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो । आगामि फागुन ११ गतेसम्म चल्ने कार्यक्रममा चन्दादाता, अक्ष्यकोषदाता, सहयोगदाता लगायतलाई सम्मान गरिने बिद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply