शव्द/चित्र विजय राना, बागलुङ २०७४ फागुन ९ । बागलुङ नगरपालिका ६ मा रहेको सर्व सिद्धिधाम पन्चकोटमा आज देखि पञ्चकोट महायज्ञ सुरु भएको छ ।
मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यको परिकल्पना रहेको पञ्चकोटमा पछिल्लो समयमा भौतिक संरचनामा आमुल परिवर्तन गरिए पछि पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्न थालेको हो ।
त्यहाँ अहिले गौशाला, शिश महल हनुमानको मुर्ति, गणेश मन्दिर खानेपानी ट्याङ्की सडक निर्माण गरिसकिएको छ भने १ सय ८ फिट अग्लो विश्व शान्ति कलश निर्माण गरिनेछ ।
प्रतिनिधि सभा सदस्य मना केसीले पञ्चकोट महायज्ञ उद्घाटन गरेकी थिइन् भने प्रतिनिधि सभा सदस्य सूर्य पाठक, प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढामगर, सावित्रा राना, बागलुङ नगर पालिकाका मेयर जनक पौडेल, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वसन्त कुमार श्रेष्ठ, स्वामी ऋषि प्रपन्नाचार्य लगायतले पञ्चकोट धार्मिक पर्यटनको केन्द्र बन्ने विश्वास व्यक्त व्यक्त गरेका थिए ।
मुल आयोजक समितिका अध्यक्ष नगेन्द्र राज शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मंतव्य खेमराज शर्मा र सञ्चालन स्वामी कृष्ण प्रपन्नाचार्यले गरेका थिए । पञ्चकोट महायज्ञ यही फागनु १५ गतेसम्म सञ्चालन हुनेछ ।
तस्विरमा हेरौँ पञ्चकोट