कौरव खत्री, गुल्मी २०७४ फागुन ११ । गुल्मीको पौदी प्राथमिक विद्यालयको ४० औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बार्षिक उत्सवलाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिका वडा नं. १ का वडाअध्यक्ष पूर्ण बहादुर हितान मगरले विद्यालयले पछिल्लो समयमा शैक्षिक क्षेत्रमा प्रविधिमय शिक्षाको थालनी गनु समय सान्दर्भिक रहेको बताए ।
साथै वडाअध्यक्ष हितानले अबको समयमा व्यावसायिक शिक्षामा जोड दिदै सबै पक्ष मिलेर गुणस्तर वृद्धि गदै विद्यालयको चौतर्फी वृद्धि विकासमा लाग्नु कार्य प्रशंसनीय रहेको उनको भनाई थियो ।
साथै उनले विद्यालयले सहि समय सान्दर्भिक रुपमा प्रविधिमय शिक्षालाई जोड दिएर अगाडी बढेकोले विद्यालयले शैक्षिक फड्को मार्नेमा आफू विश्वस्त रहेको बताए
सोही अवसरमा नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालय मुनपा १ पौदीअमराईका व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर थापा,नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरिञ्जीवी थापा,विद्यालयका पूर्व प्रधानाध्यापक मोहनलाल गिरी,पूर्व शिक्षक बिष्णु कुमारी घिमिरे, जनसेवा युवा क्लव मुनपा १ ढाँणका अध्यक्ष विहान श्रेष्ठ, सोही क्लव पूर्व अध्यक्ष प्रकास श्रेष्ठ,लगायतले समग्र शिक्षाको महत्व बारे प्रकाश पादै शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयलाई कम्प्युटर,प्रिन्टर,प्रोजेक्टर तथा अक्षयकोष र निजीश्रोत शिक्षकलाई तलव खुवाउन लगायतका शिर्षकमा विद्यालयलाई आर्थिक सहयोग गनुहुने चन्दादाताहरुलाई दोसल्ला सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा अन्तर प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता, अभिभावक कुर्चिदौड,र घैटोफोर प्रतियोगिता,विद्यालयको सदनात्मक मिठाई दौड प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न भएका थिए ।
विद्यालयका प्रधानाध्यापक गंगा प्रसाद श्रेष्ठले आर्थिक बर्ष २०७३÷०७४ को १४ लाख,२८ हजार,३सय,६९ रुपैया,३१ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय कलाकार तथा विद्यार्थीहरु साँस्कृतिक प्रस्तुती राखेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर नेपालीको सभापतित्व तथा विद्यालयका शिक्षिका सरस्वता कँवरको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक चन्द्र बहादुर केसीले गनुभएको थियो ।