महेन्द्र केसी, पर्वत २०७४ फागुन १४ । दर्शौ पश्चिमाञ्चल महिला महोत्सवको दुई दिन अगाडी सदरमुकाम कुस्मा बजारको बृहत् बढार-बुढुर गरिएको छ । रेडियो दिदीबहिनीको आयोजनामा श्रमिक महिला दिवसको अबसरमा फागुन १६ गते हुन लागेको दशौ बृहत् पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौ बार्षिक उत्सवको अबसर पारेर सोमबार कुस्मा बजारमा बढार-बुढुर गरिएको हो ।
पूर्व सांसद समेत रहेकी रेडियोकी अध्यक्ष कल्पना चापागाइ जोशी, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, डिएसपी शेखर खनाल लगायतले कुस्मा बजारमा कुचोले सडक बर्ढौ बृहत् सरसफाइ अभियानमा सरिक भएभने नेपाली सेनाको रणदल गुल्म, सशस्त्र प्रहरी चण्डिका गण, जिल्ला प्रहरी कार्यालयको टोली, स्थानीयबासी लगायतले सरसफाईमा साथ दिए ।
महोत्सव यहि फागुन १६ देखि २६ सम्म बाँन्द्रेबेणी चौरमा आयोजना हुदैछ । कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ ।
कार्यक्रमको पूर्वसन्ध्या पारेर रेडियोले सरसफाइ र रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार रक्तदान कार्यक्रम हुने आयोजक रेडियोले जनाएको छ ।