Sorry, that menu does not exist.
 

फोनिजको पदस्थापन : आदिवासी,जनजातिको हक र अधिकारका लागि कलम चलाउन आग्रह !

बागलुङ २०७४ फागुन १४ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ बागलुङ शाखाको दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्य समितिको आईतबार पदभार ग्रहण (पदस्थापन) कार्यक्रम सम्पन्न भएको छ ।

फोनिजो दोश्रो अधिवेसनबाट पत्रकार संगम घर्तीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । समितिको उपाध्यक्षमा प्रकाश छन्त्याल, सचिवमा लिला थापा, सहसचिवमा डम्बर बुढामगर, कोषाध्यक्षमा तनमती रोका चयन भएका थिए भने सदस्यहरुमा छवि थापा र जीवन थापा रहेका छन् । केन्द्रीय प्रतिनिधिमा दिल शिरीष, राजेशचन्द्र राजभण्डारी, विजय राना, यामबहादुर थापा र सरस्वती पुन रहेका छन् । प्रदेश प्रतिनिधिमा मनिष थापामगर, मञ्जुल शाक्य, श्यामकुमार थापा, प्रसान्त घर्ती रहेका छन् ।

पदस्थापन कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका निवर्तमान अध्यक्ष महेशचन्द्र प्रधानले पिछडिएको आदिवासी जनजाति समुदायको हक र अधिकारका लागि कलम चलाउन आग्रह गरे ।

कार्यक्रममा फोनिजका निवर्तमान अध्यक्ष एवं पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, सचिव राम थापा अविरल, पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले पत्रकारिताको क्षेत्रबाट सबै समुदायको उत्थानका लागि फोनिजको भूमिका महत्वपूर्ण हुने बताए ।

नवनिर्वाचित अध्यक्ष संगम घर्तीमगरले व्यवसायिक पत्रकारिताका मर्यादालाई कायम राख्दै यहाँको जनजाति समुदायको उत्थानका लागि सञ्चार माध्यमबाट भूमिका खेल्ने बताएका थिए ।

निवर्तमान अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सम्पन्न पदस्थापन कार्यक्रमको सञ्चालन विजय रानाले गरेका थिए । स्वागत श्यामकुमार थापाले गरे ।
पदस्थापनपछिको पहिलो पूर्ण बैठकले समितिका सल्लाहकारमा मुकेशचन्द्र राजभण्डारी, दिल शिरीष र यामबहादुर थापालाई चयन गरेको छ ।

आगामी चैत्रमा काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेसनमा जिल्लाबाट सक्रिय सहभागिता जनाउने, आदिवासी जनजाति युवालाई पत्रकारितामा आकार्षित गर्न पत्रकारिता तथा नेतृत्व विकास तालिम सञ्चालन गर्ने, दोस्रो अधिवेसन सम्पन्न गर्नका लागि सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पहिलो बैठकले गरेको फोनिज बागलुङकी सचिव लिला थापाले जानकारी दिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply