पूर्णभद्र निउरे, ताराखोला २०७४ फागुन १४ । ताराखोला स्रोत केन्द्र ताराले आज एक कार्यक्रमको आयोजना गरि ताराखोला गाउँपालिकामा शिक्षा शाखा प्रमुखलाई स्वागत गरेको छ । नेपाल सरकार शिक्षा बिभागबाट ताराखोला गाउँपालिकामा शिक्षा शाखा प्रमुखको रुपमा खटिइ आजै देखि हाजिर भएका पर्बत जिल्ला कुश्मा नगरपालिका ११ घर भै यस अघि जिल्ला शिक्षा कार्यालय बागलुङमा प्राबिधिक सहायक पदमा कार्यरत दिपक सुवेदीलाई स्रोत केन्द्र भित्रको प्रधानाध्यापक भेला तथा बैठकबाट स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै नबनियुक्त शिक्षा शाखा प्रमुख सुबेदीले ताराखोला गाउपालिकामा सबै संगको सहकार्यमा शिक्षा क्षेत्र संग सम्बन्धित कार्यक्रमहरु अगाडि बढाइने बताए ।
यसै बिच स्रोत केन्द्रको आजै सम्पन बैठकले नेपाल माध्यामिक बिद्यालय ताराका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिबस खत्रीको अध्यक्षतामा ५ सदस्यीय स्रोत केन्द्र ब्यबस्थापन समिति गठन गरेको छ । समितीको सदस्यहरुमा कृष्ण कुमारी पुन , गणेश बहादुर घर्ती मगर , धर्मदत्त उपाध्याय र सदस्य सचीवमा स्रोत ब्यक्ति डिल्ली प्रसाद शर्मा रहेका छन् । कार्यक्रम स्रोत ब्यक्ति डिल्ली प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।