Sorry, that menu does not exist.
 

भुजी खोलामा यसै बर्ष ७५ लाख रुपयाँको लागतमा २ वटा झोलुङ्गे पुल निमार्ण हुने

झरना कँडेल, बुर्तिवाङ २०७४ फागुन १५ । केहि समय पहिले सम्म झोलुङ्गे पुलहरुको जिल्ला भनेर चिनिने बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा यस बर्ष २ वटा झोलुङ्गे पुल निमार्ण गरिने भएको छ ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत ढोरपाटन नगरपालिकाको नेत्तृत्वमा झोलुङ्गे पुल सहयोग ईकाई , स्वीस सरकार र प्रदेश नं ४ को प्राविधिक सहयोगमा भुजीखोलामा गत बर्षको बाढीले बढी मात्रामा क्षती पुराएका पुल मध्ये वडा नं ५ ओख्रेनी घाटमा ७१ मिटर र वडा नं ९ गादीखोला तीनखेत घाटमा १ सय १० मीटर को २ वटा पुल करीब ७५ लाखको लागतमा एकैसाथ निमार्ण गर्न लागिएको हो । पुलहरुको सर्बे डिजाईन भैसकेको छ ।

त्यसको प्राबिधिक अध्ययनका लागी झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको प्रदेश ब्यबस्थापक दिनेश पाण्डे प्राबिधिक संयोजक मनोज बराल, कार्यक्रम संयोजक नारायण पौडेल, भीमापोखारा युवा क्लबका प्रेम केसी लगायतको टोली स्थानको बिशेष अध्ययन अनुगमनका लागी त्यस तर्फ गएको छ ।

सोही शिलशीलामा ढोरपाटन नगरपालिकामा ईन्जिनियर तथा जनप्रतिनीधी बिच बैठक तथा अन्तत्र्रिmयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीको अध्यक्षता , उपप्रमुख करमति पुन, ओख्रेनी प्राथामिक बिद्यलयका प्रधानाध्यापक दुर्गा बहादुर भण्डारी झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको प्रदेश ब्यबस्थापक दिनेश पाण्डे प्राबिधीक संयोजक मनोज बराल, कार्यक्रम संयोजक नारायण पौडेल, भीमापोखारा युवा क्लबका प्रेम केसी, लगायतको समुपस्थितिमा सम्पन्न अन्तत्र्रिmयात्मक कार्यक्रममा झोलुङ्गे पुलको निमार्ण सम्बन्धी आवश्यक छलफल भएको थियो । जिल्ला बिकास समितीको नेत्तृत्वमा निर्माण हुनुपर्ने उक्त झोलुङगे पुल स्थानीय सरकारको नेत्तृत्वमा हुन लागेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply