Sorry, that menu does not exist.
 

कक्षा ८ र ५ मा अध्यनरत रिजाल दाजु भार्इव्दारा म्याग्नेटिक कारको आविष्कार !

बागलुङ २०७४ फागुन १९ । बागलुङ बजार स्थित सनराइज आवासीय माध्यमिक बिद्यालयमा शुक्रबार आयोजित बिज्ञान तथा कला प्रदर्शनीमा राखिएको म्याग्नेटिक (चुम्बकीय) कार प्रदर्शनीको बिशेष आकर्षण बनेको छ ।

विद्यालयको बार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त प्रतियोगितात्मक प्रदर्शनीमा कक्षा ८ र कक्षा ५ मा अध्यनरत चिरायु रिजाल र चिरन्जीवी रिजालले तयार पारेको उक्त कार चुम्बकको सहायताले गुड्ने, र पानीमा पनि तैरने, कुनै इन्धनको आबश्यकता नपर्ने , बातावरण प्रदुषण पनि नहुने हिसाबले यो एक नयाँ आविष्कार भएको विद्यालयको दाबी छ ।

प्रमुख अथिति संस्थापक तिलक बहादुर रिजालले चुम्बकीय कार चलाएर उद्घाटन गरेको प्रदर्शनीमा बिद्यार्थीहरुले अल्कोहलिक रकेट , पानी बाट चल्ने रोबोटिक हात ,जुस मेकर , टेबल पंखा पानीबाट चल्ने डोजर, घर , केवल कार , लगायतका दर्जनौ बिज्ञान तथा कलाका सामाग्रीहरु प्रदर्शन गरिएको थियो ।

संस्थापक निर बहादुर क्षेत्री , बिज्ञान बिभाग प्रमुख यम बहादुर पोख्रेल र अभिभाबक सान्ति क्षेत्रीले शुभकामना मन्तब्य व्यक्त गरेका िथए ि
उक्त प्रतियोगितात्मक प्रदर्शनीमा कलाकारहरुले रोचक नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल चन्द्र बहादुर क्षेत्रीको अध्यक्षता र शिक्षक गंगा क्षेत्री र सिर्जना खड्काको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply