Sorry, that menu does not exist.
 

चिरन्जीवी नेपाली स्मृति साहित्य पुरस्कार गल्कोटका साहित्यकार चालिसेलाई प्रदान !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ फागुन १९ । ७० औं चिरन्जीवी जन्म जयन्ती तथा ३० औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । चिरन्जीवी नेपाली स्मृति साहित्य प्रतिष्ठान गितानगर चितवनद्वारा आयोजित “चिरन्जीवी नेपाली स्मृति साहित्य पुरस्कार गल्कोट नगरपालिका ८ काडेबासका साहित्यकार हरि चालिसे एबिसीलाई प्रदान गरिएको छ ।

चिरन्जीवी नेपालीको जीवनी , व्यक्तित्व र कृतित्व “ शीर्षकमा स्नातकोत्तर नेपालीमा शोध पत्र प्रस्तुत गरि नेपालीका बिषयमा गरिएको गहन अनुसन्धानको उच्च कदर गर्दै रू १५ हजार सहित साहित्यकार चालिसेलाइ प्रदान गरिएको हो । चिरन्जीवी नेपालीका, मृत्यु पराजीत छ , चिरन्जीवी नेपालीका कविता , चिरन्जीवी नेपालीका आख्यान , चिरन्जीवी नेपालीका निबन्ध लगायतका कृति रहेका छन् ।

चिरन्जीवी नेपालीको आफ्नै घरमा आयोजना गरिएको कार्यक्रममा महेन्द्र कोइराला, अस्मिता वाग्ले कोइराला, सरोज पाठक सुमन , तुलसी पण्डित, डिडि शर्मा, तारानाथ सुवेदी, सीताराम अधिकारी, पदमपाणी विरक्ती, लेखराम सापकोटा, विजय विश्वकर्मा, रत्न प्रसाद सापकोटा लगायत चितवन आसपासका करिब ५ दर्जन स्रष्टाको उपस्थित रहेकोमा २ दर्जन बढीले आ आफ्नो रचना पाठ गरेका थिए ।

कार्याक्रममा बोल्ने अधिकांश व्यक्तिहरूले चिरन्जीवी नेपालीको शोध पत्र तयार गरि योगदान पुर्याउने व्यक्तिलाइ सम्मान गर्नु अत्यन्तै अर्थपूर्ण र सान्दर्भिक रहेको र आगामी दिनमा समेत अझै लागिपर्नको निम्ती शुभकामना दिएका थिए ।

सोहि अबसरमा हरि चालिसे एबिसीद्वारा सम्पादन संयोजन गरिएको गुराँस राष्ट्रिय विविध पत्रिकाको बर्ष १३ अंक १७ समेत विमोचन गरिएको थियो ।
संस्थाका उपाध्यक्ष गोविन्दराज विनोदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ट साहित्यकार केदारनाथ खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नारायण कोइरालाले स्वागत मन्तव्य , संस्थाकी संरक्षक मन्जु कोइरालाले धन्यबाद ज्ञापन गरिएको कार्यक्रम कृष्णप्रसाद कोइरालाले सन्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply