Sorry, that menu does not exist.
 

काठेखोला- ५ बिहुँकोटमा आदिवासी जनजातीव्दारा निर्मित भवनको उद्घाटन !

भरत सापकोटा बागलुङ २०७४ फागुन १८ । नेपाल आदिवासी जनजाति महासंघको काठेखोला ५ बिहुँकोट सापकोटा चोकमा नवनिर्मित वडा समन्वय समिति भवनको शुक्रवार उद्घाटन गरिएको छ।

भपनको उद्घाटन पछी बोल्दै प्रमुख अतिथि गाउँपालिका प्रमुख अमर थापाले कला संस्कृतिको संरक्षण र विभिन्न जातजातिहरुको पहिचान जोगाउन लागि पने बताए।

थापाले भने राज्य यसरी हरेक क्षेत्रलाई दिनु पर्ने सेवा दिननसकेको बताउदै यसरी नागरिकस्तर बाटै लाखौ ख़र्च लाग्ने भवन निर्माण हुनुले समाज विकाश गर्न माँ जनताहरु निक्कै नै उत्साहित भईरहेको बताए ।

नेपाल आदिवासी समन्वय समितिकी कोषाध्यक्ष भुना देवि पुनले आर्थि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवन निर्माण गर्न रु १२,६९,००० ख़र्च लागेको बताउदै सरकार बाट केहि सानों सहयोग भएतापनि आफुहरुले ऋण मानै भवन निर्माण गरेको बताउदै सबैलाई सहयोग जुटाईदिन आग्रह गरेकि थिईन।

वडा अध्यक्ष शिव प्रसाद कडेंल कार्यपालिका सदस्य टिका संगम वि क वडा ५ का वडा सदस्य खगिसरा न्यौपाने वडा ४वडा सदस्य रिम बहादुर पुन तारा गाउँपालिका वडा सदस्य गौरि गुरुङ महिला संजाल कि ज्ञानकुमारी श्रीस भवन निर्माण समितिका संयोजक प्रेम श्रीस समाज सेवि राजु सापकोटा लगाएतले बोलेका थिए । कार्यक्रममा स्वागत ईन्द्रेणि जनजाति समुहका अध्यक्ष प्रेम पुन गरेका थिए ।

जग्गादाता ईन्द्र पुन र उन को परिवालाई सम्मान गरिएको कार्यक्रममा नेपाल आदिवासी जनजाति गाउँ समन्वय समितिका अध्यक्ष सुबेदार कृष्ण बहादुर पुनको अध्यक्षता मा सम्पन्न भएको कार्यक्रम को सन्चालन यसै संस्था का सदस्य दुर्गा बहादुर पुनले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply