झरना कँडेल, बुर्तिवाङ २०७४ फागुन २० । ढोरपाटन नगरपालिका वडा नं ७ बोबाङमा , समस्यामा आधारित ब्याबसायिक पशुपालन सम्बन्धी कृषक स्तरीय दुईदिने तालीम शनिवार सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिका पशु सेवा शाखाको आयोजनामा सञ्चालित सो तालीममा ढोरपाटन नगरपालिका वडा नं ७ का ५१ जना कृषकहरुको सहभागीता रहेको थियो ।
तालीममा पशुपालन तथा ब्यबस्थापन र पशुमा लाग्ने रोग र तिनका रोकथामका उपायहरुको बिषयमा बिशेष परामर्श दिइएको थियो ।
तालीम पश्चात वडा नं ७ का कृषकले पालेका सम्पुर्ण भेडा बाख्राहरुलाई रोग लाग्न नदिनका लागी पीपीआर बिरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख पोखरेलले जानाकारी दिए ।
तालीमको सहजीकरण शाखा प्रमुख खुमानन्द पोखरेल र नायब पशु सेवा प्राबीधीक दलसीङ श्रीसले गरेका थिए,।