Sorry, that menu does not exist.
 

एकदिने विद्यालय सुधार योजना निर्माण सम्बन्धी प्रशिक्षण सम्पन्न

रनिश राना, बागलुङ २०७४ फागुन २१ । यूरोपियन यूनियन नागरिक संरक्षण मानवीय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलव्मेन्ट फाउण्डेशनको साझेदारी तथा काठेखोला गाउपालिकाको आयोजनामा काठेखोला गाऊपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरुका लागि एकदिने विद्यालय सुधार योजना निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम बिहुको भिमसेन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। विद्यालय सुधार योजनाले विद्यालयको समग्र पक्षको सुधार गरि शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने भएकाले विद्यालयले हरेक बर्ष विद्यालय सुधार योजना निर्माणमा सम्पूर्ण सरोकारवाला हरुको अर्थपूर्ण सहभागिता मा विद्यालय सुरक्षा योजना निर्माण र कार्यान्वयन गर्नुपर्ने गर्नु पर्ने भएकोले उक्त कार्यक्रम आयोजना गरिएको हो।

उक्त कार्यक्रमको अध्यक्षता काठेखोला गाउपालिकाका सामाजिक विकास समितिका संयोजक विद्यापति शर्माले गरेका थिए। उक्त कार्यक्रमको प्रशिक्षण काठेखोला गाउपालिका शिक्षा अधिकृत हरि आचार्य स्रोत व्यक्ति पुर्ण प्रसाद ढुंगाना र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका कार्यक्रम संयोजक सूर्य प्रसाद कडेलले दिएका थिए । कार्यक्रमको सन्चालन काठेखोला गाउँ पालिकाका स्रोत व्यक्ति रामानन्द कंडेलले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply