कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ फागुन २४ । त्रिभुवन मावि खर्वाङको नमुना विद्यालय गुरुयोजना निर्माणार्थ भएको सरोकारवालाको अभिभावकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले सामुदायिक विद्यालयलाई अभिभावकको पहिलो रोजाई हुने विद्यालयको रुपमा विकास गर्नुपर्ने वताए । शिक्षाको विकासको लागी राज्यले लगानि वढाइरहेको तर कतिपय सामुदायीक विद्यालयले अपेक्षाकृत सिकाई उपलब्धि हासिल गर्न नसकेको भन्दै सिकाई उपलब्धि बृद्धिमा लाग्नुपर्ने भुषालको सल्लाह थियो ।
त्यस्तै वडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले त्रिभुवन माविको लागी आवश्यक जग्गा जिससको मौजुदा जग्गावाट उपलब्ध गराउनु पर्ने र त्यसको लागी गाउँपालिकाले पहल गर्ने घोषणा गरेका थिए । त्रिभुवन माविलाई गाउँपालिकाकै शैक्षिक केन्द्रको रुपमा विकास गर्ने वताउँदै विद्यालयलाई आवश्यक पर्ने सवै सहयोग गर्न गाउँपालिका तयार रहेको जानकारी अध्यक्ष पाईजाले दिए ।
कार्यक्रममा गाउँ शिक्षा अधिकारी कृष्ण रेग्मी, वडा नं. २ का वडाध्यक्ष हिमा खरेल, महेन्द्र आर्दश मावि वामीका प्रधानाध्यापक वुद्धिप्रसाद सापकोटा, गल्कोट मावि हटियाका सहायक प्रधानाध्यापक राम वहादुर खत्रि लगाएतले सुझाव सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक ढालमणि भण्डारीले गुरु योजनाको प्रारुप र योजना प्रस्तुत गर्दै विद्यालयलाई ५ वर्ष भित्र ३ हजार विद्यार्थीले अध्ययन गर्ने केन्द्र निर्माण गर्ने जानकारी दिए ।
एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम अन्तर्गत त्रिभुवन माविमा नमुना विद्यालय निर्माणका काम सुरु भएका छन्।
कार्यक्रम शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
सो भेलाले विद्यालयको ५ वर्षे गुरु योजनाको प्रारम्भिक मस्यौदालाई अनुमोदन गरेको छ। गुरु योजनालाई जिल्ला शिक्षा कार्यालय हुँदै शिक्षा विभागले स्वीकृत गरि पुनः गाउँपालिकाले अनुमोदन गरेपछि कार्यान्वयन हुने विद्यालयले जनाएको छ।