खगेन्द्र विश्वकर्मा, निसीखोला २०७४ फागुन २४ । १ सय ८ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा निसीखोला गाउपालिका वडा २ को कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य दिलमाया रोका गौतमले महिलाहरु अवसर प्राप्त जुनकुनै काम गर्न सक्छन भन्दै नेपालको संविधानमा महिला मैत्री कानुन बनाएको र त्यसलाई कार्यन्वयनमा सबैले एक साथ लाग्नु पर्ने बताएकी छन्। उनले अब प्रदेशमा थप महिला मैत्री कानुन बनाउन आफुहरु लागि पर्ने बताईन।
कार्यक्रममा वडा २ वडा अध्यक्ष कुविर विश्वकर्मा निसीखोला गाउपालिकाका निमित्त अधिकृत पुरुषोत्तम गौतम महिला संजालकी सल्लाहकार निलकुमारी खत्री, लेखा घर्ती बस्नेत, खिमा सिर्पाली जन जागृति आमा समुह विष्णु विश्वकर्मा, बाहुन गाउकी दिपा कुवर , हिरा कुवरले बोलेका थिए ।